वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)
रेडियो दिवसः नेपालमा
तीन सय ६१ एफएम सञ्चालनमा
काठमाडौं । पिछडिएका र सीमान्तकृत समुदायको हीतमा रेडियोको भूमिकालाई अझ फराकिलो र प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
दोस्रो विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले बुधबार राजधानीमा गरेको कार्यक्रमका सहभागी वक्ताहरुले जनतालाई सूसुचित पार्नेदेखि जनहीतका काममा समेत रेडियोको महत्वपूर्ण भूमिका हुने बताए ।
उनीहरुले रेडियोहरुले राजनीतिक तथा व्यापारिक स्वार्थबाट टाढा रहेर जनताको पक्षमा सूचना र सचेतनामुलक सामग्री पस्कनुपर्ने सुझाव पनि दिएका थिए ।
नेपालमा चार सय ८१ एफएम स्टेशनहरु दर्ता छन् भने तीन सय ६१ वटा संचालनमा छन् ।
तीमध्ये दुई सय ३१ वटा एफएम स्टेशनहरुले आफूलाई सामुदायिक रेडियो भन्ने गरेका छन् ।

No comments:
Post a Comment