Thursday, February 21, 2013

नीलः सांस्कृतिक भोकल सहित

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

नीलः सांस्कृतिक भोकल सहित

    नीलः सांस्कृतिक पुचः कीर्तिपुरले उपत्यका र उपत्यकाबाहिर समेत गरी १९२ स्थानमा आफ्नो सांस्कृतिक यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । १९२ स्थानमा नीलः पुचःले धुन र सांगीतिक गीत मात्र प्रस्तुत गरेको थियो भने अब पुचले आफ्नै भोकल (स्वर) सहित नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरेको छ ।
    नीलः सांस्कृतिक पुचका अध्यक्ष एवं बज्राचार्य साउण्ड एण्ड स्टेजका प्रोप्राइटर तेजमान बज्राचार्यका अनुसार अबको २ महिनापछि एक नव बाल प्रतिभा कलाकार श्रीवास्तव मण्डलको भोकलमा नेवारी, तामाङ्ग सेलो, भोजपुरी र नेपाली भाषाका माध्यमबाट नेपाली समाजमा प्रस्तुत गर्न आवश्यक तालिम दिइरहेको
बताउनुभयो ।
    सो १३ वर्षे बालकलाई तालिम नील तथा ब्याण्ड मेनेजर अध्यक्ष बज्राचार्यले ब्याण्डको कार्यालय कालिमाटीमा दिइरहेको वहाँले जानकारी दिनुभयो ।
    नयाँ शैलीमा भोकलको साथै संस्थामा आवद्ध २८ जना कलाकारलाई पनि नयाँ ड्रेस (युनिफर्म) मा देखिने पनि बज्राचार्य बताउनुहुन्छ ।
नीलःको प्रशिक्षण दमौलीमा
    विभिन्न जिल्लाका स्थानीय खलः पुचलाई नेवारी सांस्कृतिक वाद्यवादन प्रशिक्षण दिने क्रममा नीलः सांस्कृतिक पुचःले अहिले दमौलीमा जनभावना नेवाः खल मिसा पुचःलाई प्रशिक्षण दिइरहेको छ । बाँसुरी, खिँ र धिमे बाजा २१ जना नेवारी महिलाहरुलाई नीलः सांस्कृतिक पुचःका सल्लाहकार एवं प्रसिद्ध वाद्यवादक सूर्य नारायण महर्जन प्रशिक्षकको रुपमा त्यहाँ रहनुभएको छ ।
    २ महिनामा पूर्ण गर्ने लक्ष्यका साथ सुरु भएको प्रशिक्षण माघ २३ गतेबाट सुरु भएको अध्यक्ष बज्राचार्यले सहिदलाई बताउनुभयो ।
    नीलः सांस्कृतिक पुचःले यस अधि द्येउला धिमे खल ढोकासी, कीनपा १७ मा बाँसुरी, धिमे, खिँ, मादल प्रशिक्षण दिएको थियो ।
    यस संस्थाले अहिलेसम्म नेवाः सांस्कृतिक पुचः, त्यागल टोल कुमा खल, चराहिटी बालाजु, झीगु नखचख सांस्कृतिक पुच–गोकर्ण, उत्तर बाहिनी– काठमाडौं, स्वेतविनायक बाँसुरी खल– बालाजु, नीलः सांस्कृतिक पुचः–कीपू,, नेवाः मिसा पुच– बन्दीपुर, तनहुँ, झीगु नेवा पुच– डुम्रे, तनहुँ, नेवा भवन सुनाकुथी, केएमसीमा सफल प्रशिक्षण दिई सयौं युवा, महिलालाई सफल वाद्यवादक बनाउन सफल भएको छ ।
    नीलः सांस्कृतिक पुचःको यो अभियानले स्थानीय कीर्तिपुरमा मात्र होइन राष्ट्रको गौरव हासिल गर्न सफल होस् ।

No comments:

Post a Comment