Thursday, February 21, 2013

मिनी मेलाको तयारी पुरा धुम्रपान तथा मदिरापान निषेध

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

मिनी मेलाको तयारी पुरा

'धुम्रपान तथा मदिरापान निषेध'

     लायन्स क्लव अफ काठमाडौं कीर्तिपुरद्वारा आयोजित कीर्तिपुर दोस्रो मिनी मेलाको तयारी पुरा भएको जनाएको छ ।
    यस मेलामा धुम्रपान तथा मदिरापान पूर्ण निषेध गरिने भएको छ । त्यसको लागि स्वयंसेवक समेत खटाईने भएको छ ।
    बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रविन्द्र बहादुर प्रधानले सो जानकारी दिनु भएको हो ।
    कीर्तिपुर नगरको १, २ र ३ वडाको ६ वटा टोल चिठू, इटाछें, बाघभैरवस्थान, सतःको, लायकू र उमामहेश्वर मन्दिर परिसरमा स्वास्थ्य शिविर, रक्तदान, शिक्षा, पर्यटन, फोटो प्रदर्शनी, कला तथा हस्त कला, सांस्कृतिक कार्यक्रम, डकुमेन्ट्री, मण्डला लेखन लगायत कीर्तिपुर क्षेत्र प्लाष्टिक झोला मुक्त प्रचार अभियानको अवलोकन गर्न सकिने जनाएको छ ।
    यस मिनी मेलाबाट उठेको रकमबाट सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ ।
    पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष रविन्द्र बहादुर प्रधान लायन्स ३२५ का गर्भनर बिजु बज्राचार्य, पर्यटन बोर्डका लक्ष्मण, मिनी मेलाका संयोजक राजेन्द्र मानन्धरलगायतले मेलाको उद्देश्य र पत्रकारको जिज्ञासा मेटाउनु भएको थियो ।
    मिनी मेला भोलि शनिबार विहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
    मिनी मेलाको प्रचार स्वरुप बिहीबार विहान चिठूदेखि उमामहेश्वरसम्म सम्पदा पद यात्रा गरेको थियो ।

No comments:

Post a Comment