Friday, February 1, 2013

हात्तीपाइले रोग विरुद्ध अभियान भोलिबाट

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

हात्तीपाइले रोग विरुद्ध अभियान भोलिबाट

    जिल्ला जनस्वास्थ्य कार्यालय टेकु काठमाडौंको आयोजनामा हात्तीपाइले रोग निवारण अभियान २०६९ सफलतापूर्वक संचालन गर्न बुधबार जनस्वास्थ्य सभा भवनमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
    आगामी २०६९ माघ २० गते शनिवारबाट २३ गते मंगलवार सम्म ४ दिने अभियानमा सवै २ वर्षमाथि देखिका नेपाली नागरिकहरुलाई अनिवार्य औषधी खुवाउन अनुरोध गर्नु भयो ।
    कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख श्री कृष्ण भट्टले सन २०२० सम्ममा विश्ववाटै यो रोग निवारण गर्ने लक्ष्यकासाथ नेपालमा पनि २०६६ देखि यो रोगविरुद्ध अभियान संचालन भएको जानकारी दिनुभयो ।
    नेपालको ६१ जिल्लामा यो रोग जनस्वास्थ्य समस्याको रुपमा देखा परेको समयमा पत्रकारहरुमार्पmत निर्वारणको लागि औषधी वितरणमा सहयोग पु¥याउन अनुरोध गर्नुभयोे ।
    कार्यक्रममा पत्रकारहरुको जिज्ञासालाई प्रमुख भट्ट र जनस्वास्थ्य कार्यालयमा कार्यरत डा. विश्वराज खनालले प्रष्ट पार्नुभएको थियो ।

No comments:

Post a Comment