Friday, February 1, 2013

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित)

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी

    काठमाडौं, । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकास तथा मुलुकको आर्थिक विकासका निम्ति यसको प्रवद्र्धन गर्ने उद्देश्यले माघ २४ देखि २९ गतेसम्म १९ औं सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी हुने भएको छ ।
    विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणलगायत संस्थासँगको सहकार्यमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले स्थानीय भृकुटीमण्डपमा उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।
    क्यानले मङ्गलबार पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनका साथै सूचना प्रविधिसम्बन्धी बृहत् छलफल गर्ने जनाएको छ ।
    पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदर्शनीको क्रममा विद्युतीय माध्यमबाट लोकतान्त्रिक प्रक्रियामा सहभागिता, इन्टरनेट र अभिव्यक्ति स्वतन्त्रता तथा सरकारी कामकाजमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको प्रत्याभूतिमा सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने छ ।

No comments:

Post a Comment