वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित)
'मरेपछि श्राद्ध गर्नु भन्दा बाचुञ्जेल श्रद्धा गरौं'
![]() |
दिलशोभा श्रेष्ठ |
आमा: जो आफ्नो बच्चालाई आफू भन्दा बढि माया, स्नेह दिई हुर्काउछिन, बढाउँछिन्। सानो होस् या ठूलो गल्तीलाई आमाले माफी दिन्छिन, तर त्यही बच्चाले आमाको एउटा सानो गल्तीलाई पनि तिलको पहाड बनाउँछ । बुढेसकालको साहारा सोचेकी त्यही बच्चाले घरबाट बाहिष्कार गरेको हामीले यो समाजमा छर्लङगै देख्न सक्छौं । यस्तै दुःखमा परेका आमा र घरवारविहीनहरुको उद्धार गर्ने संस्था हो “आमाको घर” । अहिलेको यो २१ औं शताब्दीमा आएर पनि यस्ता संस्थाहरु खोलेर बसेका ब्यक्तिहरु थुप्रै छन् । आफूले छोरा दिन नसकेर श्रीमानले आफुलाई छोडेर गएको दुःख घर अरु कसैले कुनै हालतमा दुःख भोग्न नपरोस् भनेर रविभवनमा अवस्थित यस संस्थाका अध्यक्ष दिलशोभा श्रेष्ठ पनि यस समाजका उदाहरणमा गनिन्छीन् । एउटी छोरीको आमा दिलशोभाले दिन दुःखीहरुको उद्धारका लागि २०५४ सालमा खोलेको यो संस्थामा वृद्धाहरु ५० र बच्चाहरु ६० गरी जम्मा ११० रहेको उनले बताइन् । यसैबीचमा दिलशोभासँग हाम्रा सहयोगी जेनी महर्जनले गरेको अन्तरक्रिया प्रस्तुत छ । – स.
१) तपाईले समाजसेवा गर्ने प्रोत्साहन कहाँ र को बाट पाउनुभयो ?
मैले मेरो बावाबाट पाइकी हुँ मैले छोरा दिन नसकेर श्रीमानले छोडेर गयो । लभ म्यारिज गरेर विहे भएतापनि मैले श्रीमानको माया पाउन सकिन । आफ्नो मनको विछोडका दुःख एकदम असहनीय हुन्छ, सोहि कारण बाबाले मलाई सेवा गर्ने प्रोत्साहन दिनुभयो ।२) सामाजिक कार्यहरु धेरै छन् । किन यहि नै रोज्नुभयो ?
म चाहन्छु कोही पनि अनाथ नहोस्, बाटोमा कोही मागेर नबसोस् र कोही पनि बाटोमा सुत्न नपरोस् । वाचुन्जेल पाल्ने माया दिने यही हेतुले मैले यहि रोजेकी हुँ ।३) संस्थालाई कसरी अगाडि बढाउनु भएको छ ?
संस्थाको कुरा गर्ने हो भने सुरुमा मलाई धेरै गाह्रो भयो तर आजभोलि सबैको सहयोगबाट यो संस्था अगाडि बढिरहेको छ र पछि पनि बढिरहने आशा छ । हेर्दै जाउँ के हुन्छ ।
४) पछिल्लो समयमा तपाईलाई सहयोग गर्नेहरु धेरै आएको छ । कस्तो लाग्छ ?
राम्रो लाग्छ नि । पहिला खाना खानै धौधौ थियो । खाना खान नपाएर बच्चा बृद्धालाई दालमोट र चिउरा खुवाएर राखेका थिए, त्यो पनि पेटभरि कहाँ पाउनु । तर आजाभोलि तात्तातो खाना दिन पाउँदा मलाई एकदमै आनन्द र खुशी लाग्छ ।५) तपाईले यो संस्थाको लागि सरकारबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
सरकारलाई नै पुगेका छैन मैले सरकारबाट के अपेक्षा गर्ने । हामीले कुनै काम गर्दा अरुको आशा कहिल्यै गर्नु हुँदैन । हामीले अरुलाई के दिन सक्यौ र जसमा आफूले आशा गर्न । मैले कुनै फलको आशा गरेर काम गरेकी हैन । आफै केही गरौ भन्ने भावले अगाडि बढेकी हुँ । जहाँसम्म सरकारको कुरा छ, सरकारले यस संस्थामा आवद्ध सवैलाई नागरिकता दिन्छु भनेर आश्वासन दिनुभएको छ । त्यो चाँडै पूरा होस् त्यो नै हाम्रो लागि ठूलो कुरा हो् ।६) अन्तमा तपाई के भन्नुहुन्छ ?
आफ्नो आमाबुबालाई माया गर्नुपर्छ । मन भयो भने केही गर्न गाह्रो छैन् । मरे पछि श्राद्ध गर्नु भन्दा बाचुञ्जेल श्रद्धा गरौं ।
No comments:
Post a Comment