Friday, February 1, 2013

कीतिपुर नगरपालिका कहाँ राख्ने ?

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

कीतिपुर नगरपालिका कहाँ राख्ने ?

    कीर्तिपुर नगरपालिकाको कार्यालय सवै कीर्तिपुरवासीको सुविधा र सरल ठाउँमा राख्नुपर्ने विषयमा छलफल सुरु भएको छ ।
    माघ १६ गते दोसो पटक नगाउँस्थित ए वान पार्टी प्यालेसमा भएको भेलाले आवश्यक कार्य अगाडि बढाउन ११ सदस्यीय कार्य संयोजन समिति गठन गरेको छ ।
    भेलामा उपस्थित राजनैतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, वडावडाका बुद्धिजीवि, नागरिक समाजका अगुवाहरुले कीर्तिपुर नगरपालिका केन्द्र भागमा सबै वडाबासीलाई मान्य हुने ढंगले नयाँ भवन निर्माण गर्न दवाव दिनुपर्ने बताएका छन् । त्यसै गरी वडा–वडामा विनियोजित बजेट ५ लाख भन्दा बढाउनु पर्ने, नगरको आन्तरिक स्रोत बढाउन करको मूल्यवृद्धि नगरी करको दायरा बनाउनु पर्ने, नगरपालिकाको पर्ति जग्गा संरक्षण गर्न र नगरपालिकामा भैरहेको ढिलासुस्ती बन्द गर्न सरल र सुस्त सेवा दिन दवाव दिनुपर्ने छलफल भएको आयोजकले जनाएको छ । यी विविध विषयमा विस्तृत अध्ययन र छलफल गरी नगरपालिकामा ज्ञापन पत्र दिने भएको छ ।
    स्मरणीय छ, कीतिपुर नगरपालिकाको १८ औं नगरपरिषद्बाट आ.व २०७०/०७१ मा नगरपालिकाको आफ्नै कार्यालय भवन बनाउन ३ करोड बजेटको स्रोत नगर विकास कोषबाट उपलब्ध हुने सार्वजनिक गरेको थियो ।

No comments:

Post a Comment