वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित)
पर्यटन विकास समाजको प्रथम वार्षिक सभा सम्पन्न
कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजको प्रथम बार्षिक साधारण सभा शनिवार कीर्तिपुर हिलसाइड होटल एण्ड रिर्सोटको सभाहलमा सम्पन्न भयो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशिल घिमिरेको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको सो सभामा वहाँले कीर्तिपुरमा पर्यटन विकासलाई ब्यवस्थित रुपले संचालन गर्नुपर्ने बताउनुभयो । पर्यटन विकास समाजले कीर्तिपुरमा विभिन्न क्रियाकलाप गरेपनि पर्यटकहरु आकर्षित बन्न नसकिरहेको कारण यहाँ पर्यटकीय पुर्वाधार तयार भैनसकेकोले हो वहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका अधिकृत सुधन सुवेदीले कीर्तिपुर धार्मिक, ऐतिहासिक, सामाजिक र वातावरणीय र शैक्षिक पर्यटनको विकास सम्भावना छ र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष विजय कुमार महर्जनले संस्थाको बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा प्रर्यटन विकास समाज गठनको उद्देश्य, प्रष्ट पार्नुभएको थियो साथै समाजको अगुवाइमा चम्पादेवी हाइकिङ (बैशाख १), सगरमाथा आरोही सम्मन (२०६८ जेठ २० गते), पत्रकार आमन्त्रण (भाद्र १, ०६८), २०६८ कार्तिक २६ गते लायन्स मिनि मेलामा सहभागी र फोटो प्रदर्शनी, पर्यटन राज्यमन्त्रीको अभिनन्द (मंसिर २), सात दिने होमस्ते तालिम संचालन (मंसिर ९), चम्पादेवी पद्यात्रामार्गको उद्घाटन र पद्यात्रा मंसिर २८, चम्पादेवी– कलेखानी पदयात्रा २०६९ पर्यटन सम्बन्धी आइडिया शेयरिङ (असार २७), प्लाष्टिक झोलामुक्त कीर्तिपुर अभियान भाद्र १५, प्रर्दशनी मेला भृकुतीमण्डमा प्रदर्शनीस्थलमा सहभागी भै कीर्तिपुरको प्रचार प्रसार (असार २७), मलमास मेला मच्छेगाउँको फ्लेक्स वोर्ड मार्फत प्रचार प्रसार( साउन २१) कार्यक्रम भएको प्रतिवेदनमा उल्लेख गरेका छ । प्रतिवेदनमा आगामी आ.व. २०७०/०७१ मा १८ वटा कार्य गर्ने योजना समेत पेश गरेको छ ।
कार्यक्रममा समाजका सह-कोषाध्यक्ष रविन्द्र वहादुर प्रधानले संस्थाको आर्थिक प्रतिवेदन प्रस्ततु गर्नुभयो । कार्यक्रममा कीर्तिपुर नगरपालिका प्रतिनिधि सानुवावु परियार, मच्छेगाउँ गाविसका सचिव चिन्तामणी शर्मा, त्रिविका प्रा रुद्र प्रसाद उपाध्याय, सगरमाथा आरोही जाङबु शेर्पा, सन्तकुमार महर्जन, समाजका सचिव सरेन्द्र केसी, विरेन्द्र शाक्य लगायतले वोल्नुभएको थियो ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा १० पटक सफल आरोहण गर्ने आरोही जाङबु शेर्पा र कीर्तिपुर क्षेत्रबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही सन्तकुमार महर्जनलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरेको थियो ।
सो सभा समाजका अध्यक्ष वीजय कुमार डंगोलको सभापतित्वमा भएको थियो । स्मरणीय छ, सो समाजको २०६८ फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई क्रियाशिल रहेका छ ।

No comments:
Post a Comment