Friday, February 1, 2013

'सत्ता स्वार्थको कारण देशको अवस्था जर्जर'

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित)

'सत्ता स्वार्थको कारण देशको अवस्था जर्जर'  - का.रोहित

    कीर्तिपुर । नेपाल मजदुर किसान पार्टीको ३९ औं स्थापना दिवसको अवसरमा नेमकिपा कीर्तिपुरले शनिवार प्रचवन कार्यक्रम गर्यो।
    “नेपालको कम्युनिष्ट आन्दोलनमा नमकिपाको भूमिका” विषयक प्रवचन कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष नारायणमान विजुक्छें (रोहत) ले अहिले आफुलाई कम्युनिष्ट दावी गर्ने नेकपा एमाओवादी नेतृत्वका सरकारको अकर्मण्यता र मनपरीले देश बन्द गल्लीभित्र फसेको बताउनुभयो ।
    उहाँले देशको अवस्था दिनप्रतिदिन जर्जर भइसक्दा पनि सत्तास्वार्थमा लागेका एमाओवादी तथा अन्य दलले राष्ट्रपतीय बन्दोबस्तका लागि अह्वान नगर्नु दुःखद् रहेका बताउँदै वर्तमान सरकार र दलहरुले नै राजनीतक संक्रमण छोट्याउन राष्टपतिलाई अनुरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले नेपालीहरुको हितको पक्षमा नेमकिपाले स्थापना कालदेखि नै आवाज बुलन्द गरिरहेको चर्चा गर्दै ठूला दलले लगानी बोर्ड विधेयक र विश्व ब्यापार संगठनको सदस्य बनेर देशलाई उपनिवेश र युद्ध मैदान बनाउन लागिरहेको बताउनुभयो । अध्यक्ष बिजुक्छेंले देशको ठूला दलहरुको चरित्रहीन र सिद्धान्तहीन प्रवृतिले नेपालीको कम्युनष्टि आन्दोलन विश्रृङखलित बनिरहेको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका उपाध्यक्ष पूर्णप्रसाद धितालले नेमकिपा निष्ठाको राजनीति गर्ने पार्टी रहेको बताउँदै वर्तमान एमाओवादी सरकारको कारण देशमा विकृति र विसंगति बढ्दै गइरहेको बताउँनुभयो । नेमकिपा काठमाडौंका राजवीर डंगोलले नेमकिपा नेपालको कम्युनष्टि आन्दोनलको प्रकाश स्तम्भ भएको बताउँदै नेमकिपा वर्ग संघर्षमा जोड दिदैं अघि बढिरहेको बताउनुभयो ।
    नेमकिपा कीर्तिपुरका अध्यक्ष हरिकुमार महर्जनको सभापतिवमा भएको प्रवचनमा सचिव देवशरण महर्जन र नारायण महर्जनले लगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment