वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
रक्सीको कुलत एक जानकारी
रक्सी नभई नहुने वा त्यसलाई सेवन नगरी बस्नै नसक्ने वा निन्द्रा नलाग्ने स्थितिमा पुगेका मानिसलाई हामी दुव्र्यसनी भन्छौं । लागु अर्थात् लठ्याउने, नशा दिने वा झुम्म पार्नै खालका वस्तु सेवन गर्नाले व्यक्तिको चेतनामा असर गर्छ र चेतनामा असर गरेका कारण उसको सोचाइमै असर गर्छ जसबाट यसको व्यवहार पनि बदलिन्छ । एकछिन अधिसम्म राम्ररी आत्मीयतासाथ कुरा गरिरहेको व्यक्ति दुई गिलास रकसी सेवन गरेपछि झगडामा उत्रन सक्छ वा फुर्ति लगाउन, गीत गाउन, नाच्न सुरु गर्न सक्छ । यो व्यवहारमा आएका परिवर्तन उत्तेजक सोचका कारणले सम्भव भएको हो । त्यो उत्तेजक सोचको स्रोतचाहिँ दुई गिलास रक्सी नै हो ।
रक्सीले मानिसको सोचलाई उत्तेजक बनाउन सक्नुको कारण भने त्यसभित्रको नशा लाग्ने तत्व हो । यदि मानिसले कम रक्सी सेवन गरेको छ भने त्यसले व्यक्तिलाई उत्तेजक बनाउँछः अनि बढी रक्सी सेवन गरेको भए शिथिल अर्थात् सुत्ने, झोक्राउने नबोल्ने अवस्थामा पु¥याउँछ । अझ त्यो भन्दा बढी सेवन गरे रक्सी सेवनकर्ताको मृत्यु नै हुन्छ ।
रक्सी सुई वा ब्राउनसुगर भन्दा खतरनाक ड्रग्स हो । नशा लाग्ने वस्तु कुनै ठूलो वा सानो हुँदैनन् । हामी कुनै मानिसको व्यवहार हेरेर यसले कति रक्सी सेवन गरेको छ भनेर अनुमान गर्न सक्छौं । नशा लाग्ने कुरा लिनेबित्तिकै व्यक्तिको चेतनाले सहि काम गर्दैन । चेतनामा असर परेपछि व्यक्तिको अनुभूति गर्ने निर्णय गर्ने, सूचना संकलन गर्ने र निष्कर्षमा पुग्ने क्षमता कम हुन्छ ।
रक्सी सेवन गरी कसैले आपूmले असाध्यै माया गर्ने पत्नीमाथि हातपात गर्न सक्छ । कुनै महिलामाथि बलात्कार गर्न सक्छ । यो अनुभूति गर्न नसकेकै कारण भएको हो । रक्सीको दीर्घकालीन प्रयोगले सम्भोग क्रियामा उल्टो प्रभाव पार्दछ । रक्सी धेरै पिउने स्त्रीलाई रजस्वला हुँदा धेरै रक्तस्राव हुने वा महिना नपुग्दै बीचमै रक्तस्राव हुन सक्छ । रक्सी धेरै पिउने पति पत्नी दुवैलाई डर, अपमान, आलस्य एवं नपुंसकता हुन सक्छ । रक्सीले उत्तेजित गर्दछ, अनुत्तेजित गर्दछ, इच्छालाई जगाउँछ तर त्यसको पूर्ति गर्ने शक्तिलाई क्षीण गर्दछ । त्यसैले भनिन्छ– पहिला मान्छेले मान्छेको जीवन नै सिध्याउँछ । यदि तपाईंको घर–परिवार तथा समाजमा कोहि व्यक्ति रक्सीको दुव्र्यसनी भइसकेका छन् भने तिनलाई त्यसै नछाडौं उपचारमा पठाइहाल्नुपर्छ । नत्र सोही गल्तीका कारण आपूmले नसोचेका ठूलो दुर्घटना हुनसक्छ ।

No comments:
Post a Comment