Thursday, February 7, 2013

नवौं वर्षको अवसरमा टेलिकमद्वारा छुट

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

नवौं वर्षको अवसरमा टेलिकमद्वारा छुट

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा आफ्ना विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ ।
    नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सोमबार दिनुभएको जानकारीअनुसार पीएसटीएन सेवाका ग्राहकहरूलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रू. २११ मा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ भने जीएसएम तथा सीडीएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जीएमएस सेवाको विद्यमान महसुल दरमा सोमबारदेखि फागुन ३१ गतेसम्म ५१ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
    त्यसैगरी जीएसएम र सीडीएमए मोबाइल सेवामा हाल उपलब्ध रात्रिकालीन समय (११-६) सेवाको महसुल दरमा फागुन ३१ गतेसम्म प्रतिकल ३१ पैसा कायम गरिएको, अस्टे«लिया र बेलायतमा १४२४ मार्फत् हुने कल सेवामा करबाहेक प्रतिमिनेट रू. १२ रहेकोमा फागुन ३१ गतेसम्म रू.चार कायम गरेको छ ।
    त्यसैगरी वाइम्याक्स प्रविधिबाट प्रदान गरिँदै आएको टाडा प्याकेजमा ११ जीबी बोनस प्रदान गरिएको कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment