Thursday, February 7, 2013

जनसाहित्य समाजको तयारी भेला

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

जनसाहित्य समाजको तयारी भेला

    टोखा, काठमाडौं । जन साहित्य समाज टोखाको आयोजनामा हुने छैटौं जन साहित्य सम्मेलन फागुन ७ गते को तयारी तीव्र रुपले भइरहेको छ । यसैक्रममा सोमबार बालविकास क्लवमा अहिलेसम्मको प्रगति विवरण र गर्नुपर्ने कार्यबारे छलफल भएका छन् ।
    सो भेलामा नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष का. नारायण महर्जनले जन साहित्य समाजको छैटौं साहित्य सम्मेलनले जनताको साहित्यकार उत्पादन गर्ने थलोका रुपमा विकास हुने आशा गर्नुभयो । जनताको साहित्यकार बन्न विभिन्न माक्र्सवादी साहित्य, जीवनी, इतिहास, विभिन्न विद्वानहरुको जीवनी मेहनतका साथ अध्ययन गर्नुपर्दछ भन्नुभयो । गुणस्तरीय साहित्य र साहित्यकारले लाखौं कामदार जनताको सेवा हुने र चेतनास्तर उकास्ने भएकोले समाज यसबारे गम्भिर हुनुपर्ने बताउनुभयो । त्यसक्रममा वहाँले वर्तमान राजनीतिक अवस्था अन्योल रहेको समयमा सहि विचारले राजनैतिक निकासको लागि दवाव सृजना गर्ने हेतुले राष्ट्रियस्तरको अतिथिहरुलाई विशेष स्थान दिनुपर्ने बताउनुभयो । यसै अवसरमा प्रकाशन हुनलागेका ‘जनसाहित्य समाज स्मारिका’ पुस्तक अभिलेख सराहनीय बनाउन लेख, रचनाहरु पठनीय हुनुपर्ने, आकार ठूलो र धेरै पृष्ठ भन्दा सवैलाई उपयोगी हुने ढंगले प्रकाशन गर्दा सुसचित हुने बताउनुभयो ।
    कार्यक्रममा नेक्रायुवा संघका केन्द्रीय सहसचिव शंकर भण्डारीले रुपन्देहीमा भएको विभिन्न साहित्यिक गतिविधिको अनुभव बताउँदै साहित्य सम्मेलन भावनामा बगेर होइन यथार्थपरक र जनमुखी हुनुपर्ने बताउनुभयो । हाम्रो साहित्य दबु जनपक्षीय विरोधीहरुले आफै पक्षले प्रयोग गर्न सक्ने, विभिन्न बाधा आउन सक्नेबारे आयोजक चनाखो हुनुपर्ने बताउनुभयो ।
    कार्यक्रम समाजका अध्यक्ष शैलेन्द्र डंगोलको सभापतित्वमा भएको थियो । वहाँले समाजको साहित्य सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु गठन गरी कार्यरत रहेको बताउनुभयो ।
    कार्यक्रममा समाजका सल्लाहकार तथा अतिथिसत्कार संयोजक राजवीर डंगोल, अतिथि सम्पर्क तथा पत्राचार संयोजक मदन श्रेष्ठ, आर्थिक संकलन संयोजक रामलाल महर्जन, जनपरिचालन संयोजक काशिलाल डंगोल,  स्मारिका प्रकाशन संयोजक शैलेस डगोल , खेलकुद प्रतियोगिता संयोजक विक्रम डंगोलले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment