Thursday, February 7, 2013

मनमैजुमा पार्टी स्थापना दिवस

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

मनमैजुमा पार्टी स्थापना दिवस

    नेमकिपा मनमैजु गाउँ समितिको आयोजनामा माघ २० गते शनिबार पार्टी स्थापना दिवसको अवसरमा समसामयिक राजनितिक अवस्था विषयक विचार गोष्ठी सम्पन्न भयो ।
    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास र पार्टी स्थापनाको बारे बोल्नुभएको थियो । पार्टीको सौद्धान्तिक अडानमा दृढ रहेकाले कुनै पनि शक्तिको अगाडि झुक्नु नपरेको स्मरण गराउनुभयो ।
    कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले पार्टी स्थापनाको आधार, संशोधनवाद र आत्मसमर्पणवाद हो भन्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारको खण्डन र रुसी संशोधनवाद सामाजिक सम्राज्यवादमा पटनबारे सैद्धान्तिक मतभेदले नै नेमकिपको स्थापना भएको हो भन्नुभयो ।
    गाउँ समितिका अध्यक्ष श्रीकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा धर्मसेन महर्जन र गीता महर्जनले पनि पार्टीको योगदानबारे बोल्नुभएको थियो ।

No comments:

Post a Comment