वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित
देशको अवस्थाः
सत्तारुढः आफै वोक्सी आफै धामी
विपक्षीको आन्दोलन सत्तामोह केन्द्रित
राष्ट्रिपति खोपीको देउता सावित
मुलुकको अवस्था अन्योल माथि अन्योल सृजना भइरहेको छ । सत्तारुढ, विपक्षी दल र राष्ट्रपति देशको अवस्था बुझेर समाधान गर्न चाहेका छैनन् । हरेक समस्याको समाधान कित सहमतिले हुन्छ कि त आन्दोलनको आँधिवेरीले हुन्छ, कि त कानुनी बाधा अडकाउ फुकाउ गरी हुन्छ । राजनीतिक संघर्ष सिधा हुँदैन, परिस्थितिले सृजना गरे अनुरुप अगाडि बढ्न सक्नुपर्दछ । सत्तारुढ दलले देशलाई असफलतातिर लगेको भएमा, सुशासन दिन नसकेमा, राजनैतिक निकास दिन नसकेमा राजनैतिक नैतिकताको आधारमा सत्तामा टाँसिरहने सुहाउँदैन । प्रजातान्त्रिक र पूँजीवादीले अरुको स्वार्थ नहेरी आफ्नै स्वार्थ मात्र हेर्ने गरिन्छ तर कम्युनिष्ट पार्टीका नेताहरु पनि पूँजीवादी स्वार्थमा फसेपछि अन्ततः आफै बोक्सी आफै धामी भयो । १७ गते सत्ता गठबन्धनले वृहत जनजागरण सभा विपक्षीको विरुद्ध केन्द्रित भयो । जवाफी सभा भयो । जेठ १५ गते संविधानसभाको चुनाव विपक्षीलाई नत्थी लगाएर पनि हुन्छ नत्र कांग्रेस एमाले पत्तासाफ । (नागरिक दैनिक १८ माघ)
विपक्षीको आन्दोलन सत्ता केन्द्रितमा मात्र सिमित भयो । माघ ६ गते दैलेखबाट आरम्भ गरेको आदोलनले दैलेखमा जस्तो आन्दोलनमय बनाउन सकेको छैन । शक्ति प्रदर्शन आन्दोलन होइन, माघ २६ हुने शक्ति प्रर्दशनीले सरकारको माखे झार्नै छैन, एमाओवादीका नेता विरुद्ध आन्दोलनले सफलता मिल्नेछैन । झलनाथ, सुशील कोइराला जस्ता विपक्षी नेताले आन्देलनमय भयो भने हाँसी हाँसी गरेको आन्दोलन फुस्रो सावित भैरहेका छ ।
जनसमर्थन विना आन्दोलन सफल हुनेछैन । जनसमर्थनको लागि जनताको विश्वास जित्न सक्नुपर्दछ । त्यसको लागि जनताका समस्यालाई लिएर आन्दोलन अगाडि बढाउनु पर्दछ ।
राष्ट्रपति खोपीको देउता सावित भैरहेको छ । असहमतिको राजनीतिले थकित छन् । पटकपटकको प्रयास असफल भएपछि राजनीतिक दलहरु अदुरदर्शी र देश र जनताप्रति जिम्मेवारी नभएपछि, खोपी बन्ने सोच त्याग्नुपर्दछ ।
राष्ट्रपतिद्वारा नेमकिपाले सुझाएको अनुसार स्वतन्त्र र तटस्थ व्यक्तिको चुनावी सरकार गठन गरी संसदीय निर्वाचन गरी देशको विकास दिनु हतार भैसकेको छ ।

No comments:
Post a Comment