Friday, February 1, 2013

सहिदको परिभाषामा अझै अन्योल

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

सहिदको परिभाषामा अझै अन्योल

    काठमाडौ । प्रत्येक वर्ष माघको दोस्रो साता देशमा सहिदको चर्चा हुने गर्दछ, सहिद सप्ताहको सन्दर्भमा । तर देश र जनताका लागि जीवन उत्सर्ग गर्ने वास्तविक सहिदका सपना साकार पार्नेतर्फ कुनै ठोस पहल नभएको र सहिदको सर्वमान्य परिभाषा पनि अझसम्म बत्र नसकेकोमा भने जनता खित्र रहेका पाइन्छन् । 
    सहिदको परिभाषा निर्धारण गर्न बनेको समितिका संयोजक मोदनाथ प्रश्रितले सहिदले गरेको जीवनको त्यागले गर्दा आज नागरिकले स्वतन्त्र रूपमा जीवन यापन गर्न पाएको स्वीकार्दै सहिद घोषणा गर्नका लागि विशेष मापदण्ड तयार गरी सरकारलाई प्रतिवेदन बुझाएको भए पनि कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्नुभयो । 
    उहाँले भत्रुभयो– ‘पछिल्लो समयमा राजनीतिक तथा गैरराजनीतिक कारणले मृत्युवरण गरेका मानिसलाई विभित्र समूहको दबाबबाट राज्यले सहिद घोषणा गर्ने परिपाटीले सहिदको अवमूल्यन भएको बताउनुभयो ।
    प्रत्येक वर्ष माघ ११ देखि १६ गतेसम्म स्थानीय स्तरमा मनाइने सहिद सप्ताह यस वर्ष पनि काठमाडौैं महानगरपालिकाले कार्यकारी अधिकृत केदारबहादुर अधिकारीको संयोजकत्वमा सहिद सप्ताह मूल समारोह समिति गठन गरी मनाइरहेको छ । सो सप्ताहअन्तर्गत विशेषगरी चार सहिदले राणा शासनविरुद्धको सङ्घर्षमा जीवनको बलिदान गरेको मिति पारेर श्रद्धाञ्जली दिने गरिन्छ ।
    धर्मभक्त माथेमाकी छोरी रेणुदेवी श्रेष्ठले राजनीतिक दलहरूले वास्तविक सहिदको सपना पूरा गर्नका लागि प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको सदुपयोग गरेर विधिको शासन कायम गरी जनतालाई सामाजिक परिवर्तनको अनुभव गराउनुपर्ने उल्लेख गर्नुभयो ।
    सहिदका रूपमा दसकौं अघिदेखि नेपाली जनमानसमा स्थापित चार सहिद शुव्रmराज, धर्मभक्त, दशरथ चन्द र गङ्गालालले सहादत प्राप्त गरेका मितिका आधारमा नेपालमा सहिद दिवस मनाउने गरिएको हो । यी चार सहिदलाई विसं १९९७ को माघ ११ देखि १५ सम्ममा अमरत्व (सहादत) प्राप्त भएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरसँग माफी मागेका भए जीवन बच्ने अवस्था हुँदाहुँदै पनि उनीहरूले माफी नमागी जीवन उत्सर्ग गरेर निरङ्कुश राणाशाहीलाई कडा चुनौती दिएका थिए । त्यसैले उनीहरूको तुलना अरु सहिदहरूसँग हुन नसक्ने बताइन्छ ।   
    सहिद सप्ताह मूल समारोह समितिका संयोजक केदारबहादुर अधिकारीले सहिद सप्ताह कहिलेदेखि मनाउन थालिएको हो त्यसको अभिलेख स्थानीय निकायमा पनि नभएकोले त्यसको खोजी भइरहेको उल्लेख गर्नुभयो । यद्यपि विसं २०१८ सालदेखि सहिद दिवस मनाउन थालिएको अनुमान गरिन्छ ।
    मुलुकमा विभित्र समयमा भएका राजनीतिक परिवर्तनको व्रmममा मृत्युवरण गरी सहिद बनेकाका परिवार आफन्तजनको पीडालाई राज्यबाट के कस्तो सहयोग गरिएको हो त्यसको पनि आधिकारिक तथ्याङ्क गृह मन्त्रालयमा अभिलेख हुनसकेको छैन् ।
    सो मन्त्रालयमा वि. सं २०१७ देखि २०४६ को क्रममा सहिद भएकाको अभिलेख छैन र दोस्रो जनआन्दोलनपछि १११ जना सहिदको नाम वेवसाइटमा राखिएको छ। पछिल्लो समयमा भने  धार्मिक, निजामती, शिक्षक, वित्तीय संस्था, सशस्त्र प्रहरी, तराई मधेस, संस्थान, स्थानीय निकाय, लिम्वुवान आदि क्षेत्रगत शीर्षकमा सहिद घोषणा गर्ने गरिएको छ ।   
    राजनीतिज्ञ तथा साहित्यकार दीर्घराज प्रसाईंले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको अहिले अवमूल्यन भएको टिप्पणी गर्दै उनीहरूले देशमा जुनसुकै तन्त्रको व्यवस्था आए पनि देश विकास र परिवर्तनका लागि सकारात्मक काम हुन नसकेको भन्दै स्वतन्त्र र समृद्ध मुलुक निर्माणका लागि सहिदले देखाएको बाटोलाई अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभयो ।
    चार सहिदको सम्झनामा विसं २०१८ मा सहिदगेट निर्माण गरी उनीहरूको सालिक स्थापना गरिएको थियो । वरिष्ठ इन्जीनियर शङ्करनाथ रिमालले सहिदगेटको संरचना तयार गर्नुभएको हो ।

No comments:

Post a Comment