Friday, February 1, 2013

स्वदेशी छाला जुत्तालाई प्रोत्सहित गर्नु पर्दछ

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

स्वदेशी छाला जुत्तालाई प्रोत्सहित गर्नु पर्दछ

सानु रोका

    बर्षले आधा शताब्दी ५१ बर्ष पुगेको सानु रोका आफ्नो बाजे र बुबाको कामलाई अहिले पनि निरन्तरता दिइरहेको छ ।
    स्वदेशी छाला उत्पादन गरी स्वदेशी छाला जुत्ता बनाउन प्रोत्साहित गर्न सकेमा नेपालको पैसा विदेश जाने छैन । नेपाली छाला अन्तर्राष्ट्रिय गुणस्तरको भन्दा कम छैन ।
    कीर्तिपुर नपा वडा नं. १२ जाखामा वुवा दलवहादुर रोका र आमा काली रोकाको माहिला छोराको रुपमा वि.सं. २०१८ सालमा जन्मनु भएका सानु रोका विद्यालयको शिक्षा पुरा नहुँदै काम गर्नुभयो ।
    चिनिया सरकारको सहयोगमा निर्माण भएको बाँसबारी छाला जुत्ता कारखानामा कालिगदको रुपमा प्रवेश गर्नुहुने रोका सिन्को मोलमा नीजिकरण गरी विक्री भएपछि बाँसबारी छाला जुत्ता बन्द भयो ।
    बन्द लगत्तै शुभकामना शु सेन्टरमा काम गरेको सानु काम गर्ने वातावरण नमिलेपछि कीर्तिपुरमा आफैले जुत्ता मर्मत तथा नयाँ जुत्ता विक्रीको लागि शु सेन्टर खोल्नुभयो ।
    कीनपा वडा नं ९ सुन्दरबजार धोकासीमा १० बर्षदेखि कीर्तिपुरवासी र कीर्तिपुर आइ वसोवासगरी रहनुभएका सवैको जुत्ता मर्मत गर्ने र अर्डर अनुसार नयाँ सिउने र रेडिमेड बेच्ने गर्दे आइरहनुभएको छ जवान रोकाले ।
    एउटा शोरुम सहित मर्मत कोठा र अर्को गोडाम सहित काम गर्ने कोठा गरी २ वटा कोठाको मासिक ४६०० घर वहाल तिर्नु पर्दछ ।
    तै पनि दैनिक २/४ जोर रेडिमेड जुत्ता र केही मर्मत गर्दा सालाखाला दैनिक ५०० कमाइन्छ होला भन्नुहुन्छ ।
    २०४६ सालमा ज्ञानी रोकासंग विवाह बन्धनमा बाँधिएका रोकाको तीन छोरी शोभा रोका, कृष्णशोभा र तारा रोका र छोरा एक लक्ष्मण रोका रहेका छन् । पहिलो र दोस्रो छोरीको विवाह भइसकेको र माइली छोरी तारा आर आर क्याम्पसमा ब्याचलर स्नातकमा अध्यनरत छीन भने छोरा लक्ष्मण कीर्तिपुरस्थित सहिद स्मारक कलेजमा अध्ययन गरेका छन् ।
    पेशाबाट कति सन्तुष्ट छ भनी सोध्दा सन्तुष्ट भएको बताउनुहुन्छ तर कच्चापदार्थको भाउ वृद्धिले समयमै सामान पाउँदैन भन्नुहुन्छ । आवश्यक मात्रामा स्टक राख्न नसकेपछि मेला र स्टलमा हामी जस्तो सानो ब्यावसायीको लागि ठाउँ उपलब्ध नभएको गुनासो गर्छन् रोका ।
    एक जना श्रमिक मजदुरले देशको अवस्थालाई कसरी हेर्नुहुन्छ भन्दा देश डावाडोल अवस्थामा रहेकोले दुःख मान्नुहुन्छ । कसैले पनि देशमा सुशासन दिन सकेन । बहुदलीय प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रसम्मको परिवर्तन आउँदा पनि  शासकहरुले गर्दा काम त केही भएन, गरेन नेपाली जनताले परविर्तनको अनुभुति गर्न पाइरहेको छैन । सत्तामा नपुगेसम्म जनताको कुरा गर्ने सत्तामा पुगेपछि विर्सने र आफ्नै भुडीमात्र भर्ने परम्परालाई नेपाली जनताले विस्तारै बुझ्दै आएको  छ ।
(पत्रिकाका सम्पादक नारायण महर्जनसँग गरेको कुराकानीमा आधारित केही अंश ।)

No comments:

Post a Comment