वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर कप वास्केटबल
प्रतियोगिता २०६९ शनिवार सुरु हुने
नयाँबजार क्लव कीर्तिपुरको आयोजनामा प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता २०६९ भोलिबाट सुरु हुने भएको छ ।
नयाँबजार क्लवद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार डबल लीग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने छन् ।
सहभागी टिममा नयाँबजार क्लव, त्रिभुवन आर्मी कलव, नासा (NASA), गूरुकुल, ह्वाइट हाउस कलेज र गोल्डेन गेट कलेज रहेका छन् ।
लिग चरणमा सबै भन्दा बढी अंक जोड्न सफल चार वटा टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा लिगको अंक तालिकामा प्रथम र चौंथो हुने बीच र दोस्रो र तृतीय हुने बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता पूर्व राष्ट्रिय खेलाडी रविन्द्र महर्जनको संयोजकत्वमा संचालन हुनेछ भने टेक्निकलमा फिफा रेफ्री राजकुमार महर्जनको संयोजकत्वमा र बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं जिल्ला बास्केटबल संघका अध्यक्ष नरेन्द्र थापाको टेक्निकल कमिशनमा रहने संयोजक महर्जनको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिता भोलि ५ गते शनिबार र ७ गते प्रजातन्त्र दिवसको विदाका दिनमा हुने छ भने अरु खेलहरु प्रत्येक हप्ताको शुक्रबार र शनिबार मात्र संचालन हुनेछन् ।
सेमिफाइनल चैत्र २७ गते फाइनल खेल ३१ गते हुनेछ ।

No comments:
Post a Comment