वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित
इसास सहिद श्रद्धाञ्जली सभा सम्पन्न
इन्द्रायणी साँस्कृतिक समाजको रजत
बर्ष (२५) को अवसरमा सहिद दिवस २०६९ मा सहिद श्रद्धाञ्जली सभा कीर्तिपुरमा
माघ १६ गते सम्पन्न भयो ।
प्रा. माणिकलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो सभामा वहाँले राणाशासन विरुद्ध जीवन आहुति दिनुहुने वीर सहिदहरुको सम्मान जति गरे पनि नपुग्ने भन्नुभयो । राणाशासन अन्त्य गर्न ती चार सहिदले गोली खाएर र फाँसीमा झुण्डीएर राणशासनको अन्त्य भयो, ०४६ सालमा पंचायती व्यवस्था अन्त्य भयो भने ०६३ सालको जन आन्दोलनबाट राजतन्त्र नै अन्त्य भयो । तै पनि अमर सहिदहरुको इच्छा आकांक्षा पुरा भएको छैन । नेपाली जनताले परिवर्तनको अनुभुति गर्न पाइरहेको छैन । सत्तामा पुगेकाले मरेका सहिदहरुको त के जीउँदा नेपालीहरको हित गर्न सक्नुपर्दथ्यो भन्नुभयो ।
इसासका अध्यक्ष वीर प्रसाद भन्सारीको सभापतित्वमा भएको सो कार्यक्रममा इसासका दिलीप महर्जन, कवि राजभाई जकःमी, अर्जुन नेपाःमी, रामभक्त महर्जनद्वारा सहिदप्रति समर्पित कविता प्रस्तुत गरेको थियो भने इसासले सहिप्रति समर्पित गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अशोक भन्सारीले पनि बोल्नुभएको थियो ।

No comments:
Post a Comment