Friday, February 1, 2013

विद्यालयमा ५ विषयमा व्यावसायिक शिक्षा

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

विद्यालयमा ५ विषयमा व्यावसायिक शिक्षा

    नेपाल सरकार शिक्षा मन्त्रालयले अब प्रत्येक जिल्लामा कम्तीमा एक वटा हुने गरी १०० विद्यालयमा कक्षा ९ देखि व्यावसायिक विषयको अध्ययन गराउने भएका छन् । इलोक्ट्रिकल, कृषि, पशुविज्ञान, कम्प्युटर र सूचना प्रविधिका ५ विषयमा ब्यावसायिक शिक्षा दिइ विद्यालयस्तरबाट प्राविधिक दक्ष नागरिक तयार पार्ने सो कार्य गराउन लागेको हो ।
    सोमवार सूचना विभागद्वारा आयोजित सूचना तथा संचार मन्त्रालयको सभा कक्षमा भएको प्रवक्ता र पत्रकार भेटघाट कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले सो कुराको जानकारी गराउन भएको हो ।
    आगामी शैक्षिक शत्रबाट परीक्षण कालको रुपमा संचालन गरी पछि सवै जिल्लाका विद्यालयमा त्यहाँको भौतिक अवस्था हेरी अध्यापनको क्षेत्र बढाइन सक्ने पनि बताउनुभयो । जिल्ला जिल्लाको निवेदन दिने कार्य पुरा गरी अध्ययन भैरहेको पनि वहाँले बताउनुभयो ।

No comments:

Post a Comment