Thursday, February 7, 2013

राष्ट्रपतिलाई लिखित रूपमै जिम्मा दिनुपर्ने: का. रोहित

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

राष्ट्रपतिलाई लिखित रूपमै जिम्मा दिनुपर्ने: का. रोहित

    चितवन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान राजनैतिक स्थितिमा प्रतिपक्षले आफ्नो धर्म निभाउन खोजेको र सत्ता पक्षले आफ्नो औचित्य सावित गर्न खोजिरहेको बताउनुभएको छ ।
    चालू राजनैतिक अन्योल अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई लिखित रूपमै जिम्मा दिनुपर्ने बताउँदै  उहाँले कम्युनिष्टहरूको मुख्य लक्ष्य राज्य पुनःसंरचना नभई उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण गर्नु, क्रान्तिकारी भूमिसुधार लागु गर्नु, आदि भएको बताउनुभयो । ‘एमाओवादी नाममात्रको कम्युनिष्ट भएको र प्रतिपक्षहरू सत्ताकेन्द्रित राजनीतिमा सीमित हुन नहुने भन्दै उहाँले दुवै पक्षमा कमजोरी रहेको कुरा प्रस्ट पार्नुभयो ।
    अध्यक्ष बिजुक्छेंले सरकारका कमीकमजोरीहरूलाई सबै क्षेत्रमा पुगेर जनतामाझ पर्दाफास गर्नुपर्ने र राजधानीमा मात्र आन्दोलन सीमित राख्नु नहुने बताउनुभयो । दुई–चार राजनैतिक दल बन्द कोठामा गफ गरेर पनि राजनैतिक निकास निस्कन नसक्ने हुँदा प्रतिपक्षहरूले सशक्त आन्दोलन गर्नुपर्ने उहाँको भनाइ थियो ।
    सरकारको वहिर्गमन सम्वन्धमा उहाँले  मन्त्रालयहरूमा आफ्नो भाग भएन भने सही गर्दिनँ भन्ने नेताहरू नै आज मन्त्री भएको र खुलेआम बाहिरी संसारमा नेपाल भ्रष्टाचारीको पर्यायवाची बनिसकेको हुनाले भट्टराई सरकार रहिरहनु कुनै संवैधानिक र नैतिक आधार नरहेको प्रष्ट पार्नुभयो ।
 सोमबार भरतपुरस्थित रेडियो त्रिवेणीको ‘आजको सन्दर्भ’ कार्यक्रममा व्यक्त विचारको अंश

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete