Thursday, February 14, 2013

ओकुपाई बालुवाटारको ५० दिन

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

ओकुपाई बालुवाटारको ५० दिन

    महिला हिँसा र छोरीमैया खोज दवाव समूहले थालेको बालुवाटार घेराउ (अकुपाई बालुवाटार) ५० दिन पुगेको छ ।
    पौष १२ गतेबाट थालेको अकुपाई (कब्जा) बालुवाटारले ५० दिन पुग्दा पनि सम्बन्धित निकाय देशका प्रमुख प्रधानमन्त्री बाबुराम भट्टराईले न महिला हिँसा बारे न त छोरी मैंयाको खोज नै भयो ।
    गृहमन्त्री एवं उप–प्रम विजयकुमार गच्छदारले हामीले चाहेमा २ घण्टामै सार्वजनिक गर्न सक्छौं भनेर अभिव्यक्ति दिन सक्नेले किन सार्वजनिक गर्न सकेन रहस्यमय भएको छ ।
    अकुपाई बालुवाटारको ५० दिन पुगेको अवसरमा अझ दवाबमुलक बनाउन बिहीबार बालुवाटारबाट रत्नपार्क शान्ति बाटिकासम्म दवाब ¥याली गरियो ।
    गणतन्त्र नेपालका सरकार र सम्बन्धित निकाय यस्तो निरिह हुन्छ भनेर कसैले सोचेको छैन होला । प्रतिगमन विरुद्ध आन्दोलन र गणतन्त्र प्राप्तिमा के महिला के पुरुष सबै नेपाली जनताले आ–आफ्mनो क्षेत्रबाट ठूलो योगदान र संघर्ष गरेको विदितै छ । सबै नेपालीले देशमा शान्ति होस् महिला लगायत कसैलाई हिँसा शोषण नहोस्, देश सम्बृद्धतिर लग्न सकोस्, देशमा लोडसेडिङ्ग हटोस्, खानेपानीको राम्रो बन्दबस्त होस्, महङ्गी नियन्त्रण होस् भन्ने चाहना राखेको थियो ।
    सरकार इमान्दार भएको भए देश र जनताप्रति सेवामुखी ढंगले काम गरेको भए कुनै किसिमको समस्या हुने नै थिएन । समस्या आउना साथ समाधानको बाटो तुरुन्तै मिल्थ्यो ।
    तर हामीले के सोच्नु पर्दछ भने पूँजीवादी शासन व्यवस्था पूँजीवादी गणतन्त्रमा नेपाली जनताको हितमा काम गर्दैन । हिँसा, अपहरण, भ्रष्टाचार, गरिवी, अन्याय अत्याचार, शोषणले नै पूँजीवादी शासन टेकेको हुन्छ ।
    पूँजीवादी शासन व्यवस्थाका अवगुण विरुद्ध संघर्ष गरी नयाँ आर्दश समाज स्थापनामा लाग्नुपर्दछ । नयाँ आदर्श समाज समाजवादमा मात्र उपलब्ध हुन सक्दछ । समाजवादी देशमा जानी जानी अपराध गर्ने, राज्य र जनताका विरुद्ध काम गर्नेलाई कानुनी अनुसार फाँसीको सजाय समेत दिने गर्दछ । जवसम्म देश र जनतालाई जघन्य अपराध गर्नेलाई हदैसम्मको सजाय दिइदैन तबसम्म कुनै पनि किसिमको अपराध नियन्त्रण हुनै सक्दैन । छोरीमैंयाको अपहरण एक वर्ष हुन लाग्दा पनि अझै खोज भएको छैन । तत्काल सरकारले कि सास कि लास दिनुपर्दछ ।

No comments:

Post a Comment