वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)
चार शासक दल विरुद्ध २९ गते नेपालबन्द
चार शासक दलहरु एमाओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाको सिफारिमा तत्कालीन शाही मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्ती गरेको विरोधमा बैशाख २९ गते आइतबार नेपाल बन्द घोषणा गरेका छन् । जन आन्दोलन दवाउन महत्वपूर्ण भूमिका खेलेको भनि रायमाझी आयोगले दोषी ठहराइएको विवादास्पद व्यक्तिलाई संवैधानिक आयुक्त बनाउनु लोकतन्त्रको उपहास भएको छ । राजनैतिक दल, नागरिक सामज, विद्यार्थी संगठनहरुको चर्को विरोध र धर्ना कार्यक्रम गरी चारदल, राष्ट्रपति, चुनावी सरकार अध्यक्षलाई पटक पटक चेतावनी गरेपनि अन्ततः मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार लालमोहार लगाई नियुक्त गरिएको छ ।
चार शासक दल, चुनावी अध्यक्ष र राष्ट्रपतिको मिलेमत्तोमा देश नै बेच्न बाँकी नराख्ने संकेत दिएको छ, यो नियुक्तीले । तसर्थ सबै नेपालीले एकजुट भै विरोध गर्नु जरुरी छ ।
चार शासक दल, चुनावी अध्यक्ष र राष्ट्रपतिको मिलेमत्तोमा देश नै बेच्न बाँकी नराख्ने संकेत दिएको छ, यो नियुक्तीले । तसर्थ सबै नेपालीले एकजुट भै विरोध गर्नु जरुरी छ ।
No comments:
Post a Comment