Friday, May 10, 2013

चार दलको बुद्धिमा भोटेताल्चा लगाउने बेला

वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)

चार दलको बुद्धिमा भोटेताल्चा लगाउने बेला

    सुन्दर शान्त विशाल यो देशलाई बरवादीतिर ढकेल्ने काम राजनैतिक दलबाट भएका छन् । पञ्चायती शासन बहुदल हुँदै गणतन्त्रसम्मका सत्तासिन राजनैतिक संस्थाको बुद्धिलाई अब भोटेताल्चा लगाई बन्द गर्ने बेला आएको छ ।
    ४६ सालपछिको जनताको हितमा काम गर्ने प्रतिबद्धता धेरै पटक व्यक्त गर्दा पनि नथाकेका राजनैतिक दलहरुले जनतालाई सन्तुष्ट पार्ने काम कुनै गर्न सकेको छैन । आफ्नै दलका कार्यकर्तालाई समेत सन्तुष्ट बनाउन सकेका छैनन् । हिजो पञ्चायती कालमा एक दल र आउरेबाउरेले मोजमस्ती र देशमाथि ब्रम्हलुट गरे भने बहुदलपछि पालैपालो कहिले एक पक्ष कहिले संयुक्तबाट ब्रम्हलुट गरियो । अहिले गणतन्त्र पछि संविधानसभाको निर्वाचनबाट ठूलो बनेका चार दलले ब्रम्हलुट मात्र होइन आफ्नो स्वार्थमा जे गर्न पनि पछि हटेन ।
    संविधानसभाको हत्या गरे, ४६ सालको जन आन्दोलन दबाउने अपराधीहरुलाई स–सम्मान बढावा गरे, रायमाझी आयोगलाई रद्दिको टोकरीमा फाले, २०६२/०६३ को मल्लिक आयोगले ठहर गरेका अपराधी तत्काल मुख्य सचिव लोकमान सिंहकार्कीलाई अख्तियार अनुसन्धान आयोगले भ्रष्टाचार ठहरेका लाई नै माओवादीका अध्यक्ष प्रचण्डको प्रस्तावलाई एमाले, काँग्रेस, मधेसीदलले आँखा चिम्लेर टुमशरणमसम्म गरे । सर्वोच्चमा अपराधीलाई कारवाही स्वरुप संवैधानिक निकायमा पदवहाली सहमति खारेजको रीट बदर गरियो भने चुनावी मन्त्री परिषद् अध्यक्षले गरेको सिफारिस समेत राष्ट्रपतिले रातारात लाल मोहर लगाई चोखो वनाइसकेका छन् ।
    यसरी एकपछि अर्को जनविरोधी, राष्ट्रघाती कार्य गर्न आतुर चार शासक दलको बुद्धिलाई अब भोटेताल्चा लगाई बन्देज गर्ने बेला आएको छ । सम्पूर्ण नेपाली जनता, आन्दोलनका घाइते, योद्धा, सहिद परिवारलाई समेत असहय निर्णय फिर्ता गर्ने कार्यमा म पिटे जस्तै गर्छु तं रोय जस्तै काम गरिरहेका छन् ।
    अब नेपाली जनताले कहिलेसम्म चार दलको तीतो चाकुलाई मीठो चाकु भनेर स्वाद लिने । तीतो चार दल देशमा कस्तो संविधान बन्ने बारे चिन्ता छैन कसरी दुई तिहाई बहुमत ल्याउनेमा व्यस्त छन् ।
    देशघाती गर्ने चार दलको विरुद्ध अहिलेदेखिनै गाउँ टोलमा सबै नागरिक सार्थै पार्टीका कार्यकर्ताले समेत भन्दाफोर गरौं ।
    यदि यो देशको सुन्दर शान्त वातावरण कायम गर्ने हो भने जनताको जनजीविका सहज ढंगले काम गर्ने, काम अनुसार माम पाउने हो भने, देश राजनीतिक निकास निकाल्ने हो भने राष्ट्रपतिले राम्रो अभिभावकको भूमिका खेलिनुपर्दछ ।

No comments:

Post a Comment