Friday, May 10, 2013

विश्व प्रेस दिवस–प्रभातफेरी

वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)

विश्व प्रेस दिवस–प्रभातफेरी

    काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को उपलक्ष्यमा नेपाल पत्रकार महासंघद्वारा शुक्रबार बिहान बृहत प्रभातफेरीको आयोजना गरियो ।
    काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रेस स्वतन्त्रता दिवसको नारा ‘संविधानसभाको निर्वाचनमार्फत् लोकतान्त्रिक संविधानः प्रेस स्वतन्त्रताको रक्षा श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ तय गरिएको थियो ।
    सो अवसरमा विश्व प्रेस दिवस मनाइरहँदा गएको एक वर्षको अवधिमा नेपालमा २२७ जना पत्रकारमाथि आक्रमणका घटना भएको जानकारी दिइयो । लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै कैयौं पत्रकार नौ महिनासम्म तलब नपाउँदासमेत निरन्तर आफ्नो कार्यक्षेत्रमा अविचलित ढङ्गमा काम गर्दै आएका थिए ।
    नेपाली पत्रकारिता क्षेत्रले विगतदेखि नै लोकतन्त्रका पक्षमा भएका आन्दोलनमा अग्रणी भूमिका निभाउँदै आएको छ ।
    कोणसभामा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालले प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्रको पक्षमा पत्रकारहरूले पु¥याएको योगदान अद्वितीय रहेको बताउनुभयो ।
    सो अवसरमा सञ्चारिक समूहका अध्यक्ष निर्मला शर्मा, पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिमिल्सिना, महासचिव ओम शर्मा, क्रान्तिकारी पत्रकार महासंघका कुमार शाह, प्रेस चौतारी नेपालका माधव नेपाल, प्रेस युनियनका शिव लम्साल, नेपाल क्रान्तिकारी पत्रकार संघका खिलबहादुर भण्डारीलगायतले मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समय बितिसक्दासमेत राज्यले अझै पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हक हितमा ध्यान नपुर्याएको बताउनुभयो ।

No comments:

Post a Comment