Friday, May 17, 2013

अन्तर विद्यालय च्याम्पियन फुटबलको शनिबारबाट क्वाटर फाइनल खेल

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

अन्तर विद्यालय च्याम्पियन फुटबलको शनिबारबाट क्वाटर फाइनल खेल

    कीर्तिपुर, पाँगा । नव क्षितिज युवा कलव पाँगाद्वारा आयोजित ‘दक्षिण भेगीय अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०७०’ को शनिबारबाट क्वाटर फाइनल खेल हुनेछ ।
    पहिलो क्वाटर फाइनल खेल आदिनाथ मावि र बाघभैरव मावि गोदाम चौरबीच र दोस्रो खेल बाघभैरव बोडिङ्ग स्कुल नयाँबजार र कीर्ति स्कुलबीच  हुनेछ  ।
    त्यसैगरी ५ गते शनिबार लोवोरेटरी उच्चमावि र राराहिल बीच र दोस्रो खेल  शुक्रबार हुने ग्रीनभिलेज ए. फाउण्डेशन र मेगसबीच हुने विजेताले पुष्पसदन माविसँग खेल्नेछ ।
    बैशाख २८ गते शनिबार जनसेवा उच्चमाविको खेल मेदानमा पाँगामा विकास समाजका अध्यक्ष दुर्कमान महर्जनले रेफ्री सन्लेश महर्जनलाई बल हस्तान्तरण गरी उद्घाटन गरिएको थियो । उद्घाटन खेलमा आदिनाथले अनर स्कुललाई ४–० ले पाजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।
    हिजो बिहीबार भएको खेलमा कीर्ति स्कुलले शुभकामना एकेडेमीलाई २–०, राराहिल स्कुलले हिमालयन एकेडेमीलाई ५–१ ले पराजित गरको छ । त्यसैगरी जेठ १ गते भएको  खेलमा लेवोरेटरीले ग्रीन भिलेजलाई २–१ ले पराजित गरी क्वाटर फाइनल प्रवेश पक्का गरेको हो । बुधबार नै भएको दोस्रो खेलमा बाघभैरव माविले जनसेवा (ए)लाई १ –० ले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको हो ।
    बैशाख ३१ गते भएको चौंथो दिनको खेलमा बाघभैरव बोडिङ्ग स्कुल नयाँबजारले कीर्तिपुर इङ्गलिस स्कुललाई टाई–बे्रकरमा ६–५ ले, पुष्पसदन स्कुलले पाँगा माविलाई ३–० ले, ३० गते भएको खेलमा राराहिलले साल्भेनिया एकेडेमीलाई ३–१ र सोही दिन भएको दोस्रो खेलमा ग्रीन भिलेज एजुकेशन फाउण्डेशनले जनसेवा (बी)लाई २–० ले पराजित गरेको थियो ।
    बैशाख २९ भएको दोस्रो दिनको खेलमा शुभकामनाले क्रियटिभ एकेडेमीलाई २–० र सोही दिनको दोस्रो खेलमा बाघभैरव माविले बैष्णवी स्कुललाई टाई–ब्रेकरमा ४–१ ले विजय हासिल गरेको हो ।

No comments:

Post a Comment