वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
लागु पदार्थ सेवनकर्ताको अनुभवः हाम्रो परामर्श तथा जानकारी
मानिसहरु जात अनुसारको आ–आफ्नो चलन हुँदो रहेछ । कोही जातले पाएको हुँदा जाँड–रक्सी सेवन गर्नुपर्ने तर्क सुनाउँछन् भने कोही हाम्रो संस्कृति परम्परा भन्दोरहेछ । कोही अनेक–अनेक समस्या र तनावका कारण जाँड–रक्सीको कुलतमा फसेका छन् भने कोही साथी भाईको कर–कापले सुन्दर जीवन नर्कमा जस्तै दुःख पाएका छन्, कोही जाँड–रक्सीको लतमा परी आफ्ना छोरा–छोरीको भविष्य अन्धकार बनाइरहेछन् भने जाँड–रक्सीकै कारण आफ्नो जीवन घर–खेत हुन बेला घाटमा पुग्ने हो, ठेगान हुँदैन ।
हामी कहाँ सम्पर्कमा आउने कीर्तिपुर भन्दा धेरै टाढादेखि धेरै नै पीडकहरु आउँछन् । कोहीको छोरालाई जाँड–रक्सीको कुलतबाट मुक्त पार्न, कोही श्रीमानलाई जाँड–रक्सीको कुलतबाट मुक्त पार्न पीडक श्रीमतीहरु आउने गर्दछन् । जाँड–रक्सी भन्नु र लागु पदार्थ भन्नु एउटै कुरा हो । शरीरमा नशा लाग्ने अर्थात् दिमाखलाई लाटो बनाउनेलाई नै लागु पदार्थ भनिएको हो ।
एक दिन मलाई लागु पदार्थ सेवन गर्ने दुव्र्यसनीले आफ्नो सत्य–तथ्य दुःखद कुरा यसरी सुनाइन । ‘हाम्रो अनुभव अनुसार मानमा कुराहरु गुम्साएर राख्नु नै हाम्रो रोग हो । हामी त्यस्ता व्यक्तिहरु हौं जो डरपोक र कमजोर हुन्छौं, तर पनि आँटिलो व्यक्तिको जस्तो नाटक गर्दछौं, साथै कमजोर र असहाय हुँदा–हुँदै पनि साहयता माग्न लाज मान्दछौं ।
हामीलाई लाग्दथ्यो कि सहयोग मागेमा आफ्नो इज्जत घट्छ÷घट्दछ । आफ्नो आत्मा–सम्मानमा ठेस लाग्दछ र लाग्दथ्यो हाम्रो भित्री कुराहरु अरुले थाहा पाए भने हामीलाई तिरस्कार गर्ने छन्, हामीलाई हेला गर्नेछन् र हामीलाई जिस्काउनेछन् । त्यसैले पनि हामीले कसैको अगाडि आफ्ना भावनाहरु व्यक्त गरेनौं र भित्र–भित्रै आफै दुःखी हुँदै गयौं ।’ अफिम, चरेस, इन्जेक्शन तथा ट्याब्लेट जस्ता डरलाग्दो लागु पदार्थ सेवन गर्ने व्यक्तिको अनुभव हो यो ।
जाँड–रक्सी तथा डरलाग्दो अन्य लागु पदार्थ सेवन गर्नेको आ–आफ्नो समस्या र कारणहरु हुनसक्छ । माथि उल्लेख गरिएका लागु पदार्थ सेवन गर्नेको अनुभवलाई मनन् गर्नुहोस् र याद गर्नुहोस्, समाजमा हरेक व्यक्तिलाई सहयोगको जरुरत पर्दछ र साथको आवश्यकता पनि पर्दछ । सबै स्वस्थ मानिसहरु आफ्नो समस्याहरुको पहिचान गर्दछन्, ती समस्याहरुको बारेमा आफ्नो मिल्ने व्यक्तिसँग छलफल गर्दछन्ः भावनाहरु आदान–प्रदान गर्दछन्, मनको डर अरु सामु व्यक्त गर्दछन् । तर दुव्र्यसनका रोग भएका व्यक्तिहरुको कुरा भने भिन्न हुन्छ । उनीहरु जे पनि एक्लै गर्न चाहन्छन्, एक्लै–एक्लै रुन मन पराउँदछन् तर कसैसँग भावनाहरु बाँडचुँड गर्न मनपराउँदैनन् । अन्तमा यही समस्याको बोझको कारण उनीहरु दिन–दिनै निराशाको भुमरीमा फस्दै जान्छन् र त्यहाँबाट उम्कनको लागि झन–झन लागु पदार्थको डोज बढाउँदै लान्छन् । जुन एकदम नै गलत तरिका हो ।
जाँड–रक्सी तथा अन्य लागु पदार्थ विभिन्न किसिमको उपचार तथा परामर्शद्वारा सुध्रिरहेका व्यक्तिहरु पनि हाम्रो समाजमा थुप्रै छन् । ती व्यक्तिहरुले विगतमा पीडा र अनुभव मनमा कुराहरु गुम्साएर नराख्नु, आफ्ना टोल–छिमेकमा विगत आफू जस्तै लागु–पदार्थको कुलतमा फसेका व्यक्तिहरु छन् भने उनीहरुलाई लागु पदार्थबाट मुक्ति पाउने तरिकाहरु सिकाउनुस् ।
ऐतिहासिक सहर कीर्तिपुरमा पनि दिन प्रतिदिन लागु पदार्थ सेवन गर्ने व्यक्तिहरु बढ्दै छन् । यसकारण आफ्ना घर परिवारमा कोही व्यक्ति कुनै पनि लागु पदार्थको कुलतमा फस्यो भने उनीहरुलाई कहिल्यै पनि गाली गर्ने, कुट्ने तथा धम्क्याउने नगर्नुहोला, उनीहरु के कारणले कुलतमा फसेको त्यो कुरा पत्ता लगाउने तिर लाग्नुस् । साथै तुरुन्त उपचारतिर लाग्नुस् र कुन उपचार विधि राम्रो लाग्छ, त्यसैलाई निरन्तर गर्नुस् ।
क्लवको मुख्य उद्देश्य नै खेलकुद हो । स्वस्थ, मित्रता र अनुशासनको लागि खेलकुद अति नै महत्वपूर्ण छ । त्यसैले भन्ने गर्दछ– ‘जहाँ खेलकुद त्यहाँ सुन्दर गाउँ ।’ अनुशासन मानिसको गहना हो । क्लव युगौं–युग मानिसको बडीगार्ड हो । जहाँ क्लव छ, त्यहाँ स्वस्थ मानिसको पहिचान । तर मानिस पैसाको लोभमा परी क्लवको मुख्य उद्देश्य पु¥याउन सकेन । यस्तो उदाहरण कीर्तिपुरमा थुप्रै छन्, नाम क्लव काम अर्कै । तसर्थ अब कीर्तिपुरमा भएका सम्पूर्ण क्लवहरु, क्लवको मुख्य उद्देश्यतिर लाग्नुपर्ने अवस्था आएको छ ।
मानिस क्रान्तिको चरित्रवान र आदर्शवान छ भन्ने कुरा उसको अनुशासनले निर्धारण गर्दछ । असल अनुशासनको शिक्षासँगै हुर्केका बच्चाहरु भविष्यमा नैतिकवान र चरित्रवान भएर निस्कन्छन् । त्यसैले समाजमा क्लव स्थापना सँगसँगै खेलकुदको आयोजना र प्रतियोगितामा भाग लिनु पर्दछ । होइन भने नाम क्लव नाम हटाई अन्य नाम राख्नु बेस होला । त्यसकारण संस्कृति, परम्परा भनी भगवानको नाममा जाँड–रक्सी चढाई आपूmले तन्न जाँड–रक्सी पिउने परम्परा अबदेखि बिस्तारै हटाउँदै जानु आवश्यक देखिन्छ । किनकि जाँड–रक्सीले स्वयम् आफ्नो स्वास्थ्य बिग्रने मात्र होइन, उसले अरुलाई पनि बानी बसाल्दै स्वास्थ्यमा प्रतिकुल असर पु¥याउँछ । उद्देश्य पुरा गर्न सक्ने क्लवले लागु पदार्थ सेवन गर्ने व्यक्तिलाई सुधारमा ल्याउन सकिन्छ । त्यसैले कीर्तिपुरमा स्थापित क्लवहरुको यसतर्फ ध्यान जाला कि ?

— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ
फिट्नेस प्वाइन्ट ट्रेडिङ
No comments:
Post a Comment