वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
लोकमानविरुद्ध कर्मचारीहरुले
१ घण्टा कलम बन्द
काठमाडौं । जनविरोधी तथा अलोकतान्त्रिक कार्यको विरोधमा बैशाख २७ गते १० बजेदेखि ११ बजेसम्म १ घण्टा अन्तर संस्थाका सबै शाखामा कलम बन्द गराई विरोध गरेको छ ।
कलम बन्दको विराधमा एक विज्ञप्तिमा भनिएको छ, न्यायपे्रमी नेपाली जनताले ०६२/०६३ मा १९ दिनसम्म संचालन गरेको शान्तिपूर्ण जनआन्दोलनमा सार्वजनिक संस्थाका पेशाकर्मी श्रमिकहरु सरिक भई जनआन्दोलन सफल बनाउन उल्लेखनीय योगदान गरेको सर्वविदितै छ । रायभाझी आयोगद्वारा दोषी ठहर भएका अख्तियारद्वारा भविष्यमा कुनै पनि सरकार नियुक्तिको लागि अयोग्य घोषित गरिएका लोकतान्त्रिक आन्दोलनका विरोधी र प्रतिगमनकारी पूर्व प्रशासक लोकमानसिंह कार्कीलाई ०६२/०६३ को जनआन्दोलनको जनादेश, जनभावना र प्रचलित कानुनविपरीत चार राजनीतिक दलको संयन्त्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिको लागि अन्तरिम मन्त्रिपरिषद्मा सिफारिस गरेको आधारमा संवैधानिक परिषद्द्वारा सिफारिस भई राष्ट्रपतिद्वारा नियुक्ति गर्ने कार्यको यो संगठन घोर भत्र्सना गर्दछ ।
उक्त निर्णयले लोकतान्त्रिक मूल्य मान्यता र सुशासन प्रणालीमाथि नै गम्भिर धक्का पुगेको छ । लोकामानसिह कार्कीलाई गरिएको नियुक्ति तत्काल खारेज गरी जनआन्दोलन र जनभावनाको कदर गर्न यो संगठन जोडदार माग गर्दछ । साथै उक्त निर्णयको विरोध गर्न सम्पूर्ण श्रमिक पेशाकर्मीहरु र आम जनसमुदायमा हार्दिक अपिल गरेको छ ।
उक्त जनविरोधी तथा अलोकतान्त्रिक कार्यको विरोधमा २०७० बैशाख २७ गते १० बजेदेखि ११ बजेसम्म १ घण्टा सबै शाखामा कलम बन्द गराई विरोध गरेको थियो ।

No comments:
Post a Comment