वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
लेवोरेटरीमा क्रिकेट ट्रेनिङ्ग सेन्टर
कीर्तिपुर । साउथ वेस्ट क्रिकेट क्लवको आयोजनामा कीर्तिपुर स्थित लेवोरेटरी उच्च माविमा साउथ वेष्ट क्रिकेट ट्रेनिङ्ग सेन्टर संचालनमा गरेको छ । जेठ १ गते बुधबार एक कार्यक्रमबीच क्लवका उपाध्यक्ष लाक्पा शेर्पाले सो सेन्टरको उद्घाटन गर्दै विद्यालयस्तरबाट क्रिकेटको खेलाडी तयार गर्ने उद्देश्यले स्थापित सो ट्रेनिङ्ग सेन्टर विहान र साँझ गरी २ सिफ्टमा संचालन हुने जानकारी दिनुभएको छ ।
विहान ६:३०–८:३० सम्म र साँझ ४:३०– ६:३० बजेसम्म लेवोरेटरीको प्राङ्गणमा सञ्चालन हुनेछ ।
लेवोरेटरी उच्चमावि अडिटोरियम हलको पश्चिमतिर नव निर्मित नेट ग्राउण्डमा अभ्यास गरिने छ । एकैपटक ३ जना खेलाडीले प्रत्येक नेट ग्राउण्डमा अभ्यास गर्न सकिनेछ ।
सो ट्रेनिङ्ग सेन्टरमा बालुवाटार क्रिकेट क्लवका प्रशिक्षक रिकेश लामाले प्रशिक्षण दिनु हुनेछ ।
प्रशिक्षण लिन चाहनुहुने क्रिकेट खेलाडीले मासिक ८ सय र आजीवन २०००।– शुल्क तिरेर अभ्यास गर्न सकिने व्यवस्था गरेको उपाध्यक्ष शेर्पाले सहिदलाई बताउनुभयो ।

No comments:
Post a Comment