Friday, May 17, 2013

जनसेवामा प्राविधिक शिक्षाको प्रवेश परीक्षा

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

जनसेवामा प्राविधिक शिक्षाको प्रवेश परीक्षा

    कीर्तिपुर । शैक्षिक वर्ष २०७० देखि विद्यालय स्तरीय प्रावधिक शिक्षा तथा व्यावसायिक शिक्षा संचालन गर्न अनुमति प्राप्त जनसेवाले बैशाख ३१ गते प्रवेश परीक्षा लिएको छ । आफ्नै विद्यालय र बाहिरका विद्यालयका समेत ३३ जना परीक्षार्थीले प्रवेश परीक्षा दिएको विद्यालयका प्राचार्य नन्दकुमारी महर्जनले सहिद साप्ताहिकलाई बताउनुभयो ।
    कक्षा ९ देखि पढाई हुने सो शिक्षाको लागि काठमाडौं जिल्लामा जनसेवा उमावि पाँगालाई नमूना परीक्षणको लागि अनुमति दिएको हो ।
    प्रवेश परीक्षामा सहभागी परीक्षार्थीले उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत नम्बर प्राप्त गर्नु पर्दछ ।
    यो शिक्षामा न्यूनतम २०–४८ जनासम्मले अध्ययन गर्न पाउने छन् ।

No comments:

Post a Comment