वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
टेलिकमको आम्दानी ९ महिनामा साढे २७ अर्ब
काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको ९ महिनामा करिब साढे २७ अर्ब रुपैयाँ कारोबार गरेको छ । गत वर्ष २४ अर्ब ८६ करोडको कारोबार भएकोमा ११ प्रतिशत बृद्धि भक्ष्ए २७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
कम्मनीले १६ अर्ब खर्च गरी करिब साढे ११ अर्ब रुपैयाँ मुनाफा गरेको छ । यो नाफाबाट कम्पनीले ९ महिनामा सरकारलाई ३ अर्ब कर तिरेको छ । कम्पनीको खर्चमा अप्रत्यक्ष करको योगदान पनि उच्च छ ।
टेलिकमले ९ महिनामा ५१ करोड ग्रामीण दूरसञ्चार कोषमा बुझाएको छ भने रोयल्टीबापत १ अर्ब रुपैयाँ बुझाएको छ । यसबाहेक ३ अर्ब ३८ करोड लाइसेन्स शुल्क बुझाएको छ ।
ल्याण्डलाइन, मोबाइल र इन्टरनेट सेवा प्रदायक निजी सरकारी साझेदारीमा सञ्चालित नेपाल टेलिकम सरकारलाई सर्वाधिक कर बुझाउने कम्पनीमध्ये अग्रस्थानमा आउने गर्छ । सरकारको ९५ प्रतिशत सेयर रहेको हुनाले सरकारले सबैभन्दा बढी लाभांस प्राप्त गर्ने सरकारी लगानीको संस्था टेलिकम हो ।

No comments:
Post a Comment