वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
रात्री बस बन्द हुने
काठमाडौं । राजधानीमा सुरु भएको रात्रीबस सेवा १५ दिनपछि बन्द हुने भएको छ । बस सञ्चालनमा घाटा भएको र काठमाडौं महानगरपालिकाले थप अनुदान नदिएकाले सेवा बन्द गर्न लागिएको व्यवसायीले बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र रात्रिबसका मालिकबीच बुधबार भएको बैठकले थप १५ दिनमात्र सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । महानगरपालिकासँग ५ महिना बस सञ्चालनका लागि ७५ लाख रुपैयाँ माग गरिएको तर नदिने बताएपछि बन्द गर्ने निर्णयमा पुगिएको महासंघको बागमती अञ्चल संयोजक धर्म रिमालले बताएको छ ।

No comments:
Post a Comment