वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)
जिल्ला आयुक्तबाट क्षमा
कीर्तिपुर सडक बिस्तार अहिले रोक्का
कीर्तिपुर । कीर्तिपुर नपा वडा नं. ३ नयाँ प्रवेशद्वार नयाँबजारसम्म कामपा १४ गाङ्गखेलबाट गरिने सडक बिस्तार योजना हाललाई रोक्का भएको छ । मंगलबार काठमाडौं जिल्ला आयुक्तको कार्यालय अनामनगरमा राजनैतिक दल, कीर्तिपुर नपा, पीडित संघर्ष समिति र स्थानीय जनताहरुको एक डेलिगेसनमा आयुक्त भाइकाजी तिवारीले राजनीतिक दलको सहमतिको सिफारिसलाई अन्तिम भएको थानेर भुलबस हुन गएको कार्यले त्यस क्षेत्रका जनतामा भएको सन्त्रासबारे क्षमा माग्नु भएको छ ।
बाटो बिस्तार हुनेछ । त्रिवि पक्षबाट एकतर्फी छोड्न तयार भएको आधिकारिक पत्र पाएमा जनताको कुनै नोक्सानी हुनेछैन । तर सडक बिस्तारको मापदण्ड अनुसार दायाँबायाँ लिएर सडक बिस्तार गर्ने नियम नै हो भन्नुहुँदै नगरपालिका, त्रिवि र सर्वपक्षीय सरोकार र पीडितपक्षको आवाज र पत्र अनुसार अहिले सडक बिस्तारको काम नहुने बताउनुभयो ।
आयुक्तको कार्यालयको सभा हलमा कीर्तिपुर नपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बैशाख २० गते ७ दिनको अल्टिमेटम दिई गरेको माइकिङ्गले आतँकित बनेका स्थानीय जनताको पक्षमा जिल्ला आयुक्तको परामर्शमा नपाको तर्फबाट पनि कार्यान्वयन नहुने माइकिङ्ग र सूचना टाँस गरेको स्मरण गराउँदै बैशाख २२ गते कीर्तिपुर नपामा बसेको सर्वदलीय समितिको निर्णय र त्यही दिन सर्वदलीय प्रयासमा त्रिवि पक्षबाट आयुक्तलाई पठाएको पत्र पढेर सुनाउनु भयो र त्रिविको पत्र आयुक्त तिवारीलाई बुझाउनु भएको थियो ।
नगरपालिका र त्रिविको छुट्टाछुट्टै पत्रमा विकासको आवश्यकता रहेको भएपनि त्रिवि र कीर्तिपुर सर्वपक्षीय सरोकार समितिबीच बाटो बनाउने सहमति अन्तिम टुङ्गो नलागेको र त्यसको लागि उच्च स्तरीय समिति बनाइ म्एच् तयार अन्तिम टुङ्गो लगाउने बाँकी देखिएकोले अन्तिम टुङ्गो नलागेसम्म आयुक्तबाट थालिएका बाटो बिस्तारका सम्पूर्ण कार्य रोक्का गर्न अनुरोध गरिएको थियो ।

No comments:
Post a Comment