वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)
पुष्पसदन काठमाडौं दक्षिण भेगीय च्याम्पियन
कीर्तिपुर । नव क्षितिज युवा क्लवको आयोजनामा काठमाडौं दक्षिण भेगीय अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७० मा पुष्पसदन आमावि च्याम्पियन बन्न सफल भएको छ ।
शनिबार भएको फाइलन खेलमा पुष्पसदनले बाघभैरव मावि गोदाम चम्पादेवीलाई १–० ले पराजित गरी उपाधी चुमेको हो ।
खेल सुरु भएको २५ औं मिनेटमा डिएरिया बाहिरबाट पुष्पसदनका लगन राईले सुन्दर ढंगले प्रहार गरी नेट चुमेको थियो । जुन गोल नै निर्णायक गोल भै विजयी भएको हो ।
प्रतिस्प्रर्धात्मक खेलमा बाघभैरवले पनि राम्रो खेल प्रदर्शन गरेपनि दोस्रो मै चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा वेस्ट कोच पुष्पसदन, वेस्ट किपर कीर्ति स्कुलका अभिलाष भट्ट, वेस्ट डिफेन्स पुष्पसदनका सुरेश शाह, वेस्ट मिड–फिल्डर कीर्तिका निवेन महर्जन, वेस्ट फर्वार्ड पुष्पसदनका सागर थापा, सर्वाधिक गोलकर्ता राराहिलका दिपक थापा (५ गोल) र फाइनल खेलमा Man of The Match पुष्पसदनका लगन राई घोषित भएका थिए ।
विजयी खेलाडीहरुलाई नेपाल फुटबल संघका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले प्रथम हुन सफल विद्यालयलाई ट्रफी, प्रमाणपत्र वितरण गर्नुभएको थियो । त्यसैगरी द्वितीय हुनेलाई पाँगा विकास समाजका अध्यक्ष ई. दुर्कमान महर्जनले पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यसक्रममा प्रमुख अतिथि शेर्पाले कीर्तिपुरमा फुटबल खेलको लागि अन्तर्राष्ट्रिय खेल मैदान बनाउन जग्गा उपलब्ध गराएमा एन्फाको सक्रिय सहयोग रहने बताउनु भयो । साथै खेलाडीका लागि फुटबलको व्यवस्था गरिदिने वचनबद्धता व्यक्त गर्नुभयो ।
खेलकुदको विकास देश विकासले मात्र सम्भव छ भन्नुहुँदै आज विश्वका सामु आफ्नो देशको नाम चम्काउने काम खेल र खेलाडीले गरेको छ भन्नुभयो ।
कार्यक्रममा विशेष अतिथि ई. महर्जनले नव क्षितिजको खेलकुदलाई निरन्तरता दिन सकोस् भन्ने कामना गर्दै पाँगा क्षेत्रमा विभिन्न क्लवको संयोजन गर्नु जरुरी छ भन्नुभयो ।
क्लवका अध्यक्ष जितेन्द्र महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पुकार महर्जन, राजाराम महर्जनलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यालय र सहयोगी संघसंस्थालाई प्रमाणपत्र र कदर पत्र प्रदान गरिएको थियो ।

No comments:
Post a Comment