Friday, May 31, 2013

सगरमाथामा मानवले पाइला टेकेको ६० वर्ष पुरा

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

सगरमाथामा मानवले पाइला टेकेको ६० वर्ष पुरा

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पाईला टेकेको जेष्ठ १५ गते बुधबारका दिन साठी बर्ष पुरा भएको छ । सन् १९५३ मे २९ को दिन पहिलोपल्ट सगरमाथाको सफल आरोहण गरेर उहाँहरुले विश्व रेकर्ड कायम गरेका थिए ।
    सगरमाथा हिरक महोत्सव समितिले बुधबार नेपालमा विविध कार्यक्रम आयोजना गरेको थियो । महोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने आरोहीहरुलाई सम्मान पनि गरिएको थियो ।
    कार्यक्रममा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले नेपालमा पर्यटन व्यवसायको सम्भावना प्रचुर मात्रामा भएकोले यसको विकास र विस्तारका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए ।

No comments:

Post a Comment