Friday, May 31, 2013

स्ववियु स्थगित: फर्जी बन्ने र बनाउने दुवै बाधक

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

स्ववियु स्थगित: फर्जी बन्ने र  बनाउने दुवै बाधक

    त्रिविवि अन्तर्गत सरकारी क्याम्पसहरुमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालको लागि अर्को सहमति नभएसम्म स्थगित गरेको त्रिविवि प्रिन्सिपल कार्यालयले जनाएको छ । फर्जी (अवैध) विद्यार्थीहरुको भर्ना प्रकरणको कारण विभिन्न कलेजहरुमा तालाबन्दी र बन्दले स्थगित हुन पुगेको हो ।
    त्रिवि अन्तर्गत हरेक २ बर्षमा गरिने स्ववियु चुनाव ४ बर्ष पछि गर्न लागेपनि अन्ततः विद्यार्थी संगठनका कारण स्थगित हुन पुगेको हो । जेठ २३ गते आउन एकहप्ता मात्र बाँकी रहँदा पनि तालाबन्दीले त्रिवि केन्द्रीय क्याम्पसमा लगायत अन्य केही क्याम्पसमा विद्यार्थी संगठनको दर्तासमेत हुन सकेको छैन भने तालाबन्दीकै कारण पूर्व सार्वजनिक निर्वाचन तालिका अनुसार उम्मेदवार मनोनयन दर्ता पनि हुन सकेको छैन ।
    जेठ ३ गते नयाँ विद्यार्थी भर्नाको अन्तिम दिन कार्यालय समयभित्र नाघेर रातभरीमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र कतै मधेसी विद्यार्थीहरुले समेत लाखौं खर्चेर फर्जी विद्यार्थी भर्नाले स्ववियु निर्वाचन ओझेल परेको छ ।
    विद्यार्थी संगठन प्रबुद्धको मध्येका उच्च हुन भनिन्छ तर आफ्नो स्वार्थमा जे जस्तो हथकण्डा अपनाउन पछि नपरेको घटनाले विद्यार्थी वर्गमाथि पनि प्रश्न चिन्ह खडा गरिदिएको छ ।
    विद्यार्थी भर्ना नै यति अस्वस्थ प्रतिस्प्रर्धा भएबाट आगामी दिनहरुमा अझ गलत क्रियाकलाप हुने सहज अनुमान गर्न सकिन्छ । भविष्यमा राष्ट्रिय राजनीति सम्हाल्ने विद्यार्थीहरुले आजबाटै यस्ता अराजनीतिक गतिविधिमा संलग्न हुने हो भने नेपालले कस्तो नयाँ पुस्ताको आशा गर्ने ?
    त्रिविले तत्काल फर्जी विद्यार्थी खारेज हुने निर्णय गरेर कार्यान्वयन गरेको भए स्ववियु निर्वाचन सहज हुने थियो । त्रिवि प्रशासन पनि चार राजनीतिक दलका चार विद्यार्थी संगठनको चापमा परेको कारण विद्यार्थी संगठनको गैर  जिम्मेवार भएजस्तै त्रिवि पनि गैर जिम्मेवारी भएको अनुमान गर्न सकिन्छ ।
    अव विद्यार्थी संगठनभित्र पनि देश भक्त प्रगतिशील एवं क्रान्तिकारी विद्यार्थी संगठनको रुपमा कार्यरत नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध हुनु पर्ने जरुरत भएको छ । देशमा सही राजनीतिक धरोहरको रुपमा स्थापित नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ देशमा समाजवादी गणतन्त्रको पक्षमा संघर्षरत रहेको छ र वैदेशिक हस्तक्षेप र शिक्षामा नव उदारवादी विरुद्ध निरन्तर संघर्षरत रहेको विद्यार्थी संगठनले मात्र विद्यार्थीको हक र हित र क्याम्पसमा भैरहेको अनियमितताको अन्त्य गर्नेछ ।

No comments:

Post a Comment