वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
युवा विद्यार्थीद्वारा जुलुस र सभा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पदमा जनआन्दोलनका दमनकारी लोकमानसिंह कार्कीलाई पदासीन गर्ने चार शासक दलको निर्णयविरूद्ध र मल्लिक तथा रायमाझी आयोगमा दोषी ठहर्याइएका व्यक्तिहरूलाई कारबाहीको माग गर्दै शनिबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले काठमाडौंमा विरोध जुलुस गरे ।
प्रदर्शनीमार्गबाट सुरू भएको जुलुस शान्तिबाटिका पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेक्रायुसंघका केन्द्रीय अध्यक्ष उकेश कवांले जनताको भावनाविपरीत जनआन्दोलन दबाउने लोकमानसिंह कार्कीलाई संवैधानिक निकायको प्रमुखमा नियुक्त गर्ने चार शासक दलहरूलाई जनताले सजाय गर्ने बताउनुभयो । उहाँले भारतीय विस्तारवादको निर्देशनमा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्ततिलाई वंशजको नागरिकता दिनुले देशलाई फिजीकरणतर्फ दोहोर्याउने दाबी गर्नुभयो ।
नेक्राविसंघका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले शासक दलहरूले आफैले लोकमानसिंहलाई सिफारिस गरेर आफ्ना जनवर्गीय संगठनहरूलाई आन्दोलनको नाटक रचाएको आरोप लगाउनुभयो ।
उहाँले चार ठूला शासक दलहरूले भारतीय विस्तारवादको निर्देशनमा प्रतिगामी तत्वलाई शासन सत्ता सुम्पिरहेको बताउनुभयो ।
‘जनआन्दोलन दबाउने लोकमान र दुर्जकुमार राईहरूले लोकतान्त्रिक दलबाट पुरस्कार पाइरहेका छन्’ उहाँले भन्नुभयो ।
सभामा नेक्रायुसंघका रमेश आचार्य, नेक्राविसङ्घका निरज लवजू र राजेन्द्र चवालले पनि बोल्नुभएको थियो ।
यसैगरी आइतबार सूर्यविनायक चोकमा चार शासक दलको जनविरोधी नीति निर्णयको विरूद्ध जनसभा भयो ।
सभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणप्रसाद कोजूले लाखौं नेपाली जनताले रगत–पसिना बगाएर ल्याएको लोकतन्त्र चार शासक दलले पुनः प्रतिगामीहरूलाई सुम्पिने खतरा देखिएको बताउँदै एमाओवादीले राज्यकोषमा गरेको घोताला लुकाउन अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई ल्याएको हो भन्नुभयो ।
नेक्रायुसंघका केन्द्रीय सहसचिव शङ्कर भण्डारीले चार शासक दल भारतीय विस्तारवाद र एकाधिकार पूँजीको घोडा सावित भएको चर्चा गर्दै विस्तारवादको अगाडि घुँडा टेकेर नै जनद्रोही लोकमानलाई नियुक्ति गरेको हो भन्नुभयो ।
उहाँले प्रतिगामी निर्णय गर्ने चार शासक दललाई निरंकुश राजतन्त्रलाई जस्तै फ्याँक्नुपर्ने दिन आउँदैछ भन्नुभयो ।
नेक्राविसंघका केन्द्रीय कोषाध्यक्ष रमेश श्रेष्ठले देश र जनभावनाविपरीत कार्य गर्न चार शासक दलको सहमति जुट्नु संयोग होइन भन्नुभयो । कार्यक्रम नेक्राविसंघ भक्तपुरका उपाध्यक्ष रोशन मचामसीको सभापतित्वमा भएको थियो ।
यसैगरी सूर्यमढीमा पनि सभा भएको थियो । नेक्राविसंघ र नेक्रायुसंघको संयुक्त आयोजनामा भक्तपुरको सूर्यमढीमा शुक्रबार भएको जनसभामा नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले निर्वाचन प्रयोजनका लागि गठन गरिएको सरकारको मुख्य दायित्वको रूपमा रहेको निर्वाचनलाई सफल बनाउनका लागि चार दलको मात्र नभएर सबै दलको विचारलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
सचिव प्रजापतिले समानुपातिक मतमा एक प्रतिशतको प्रावधान राख्न नहुने बताउनुभयो ।
सभामा नेक्रायुसंघका अध्यक्ष उकेश कवां र नेक्राविसंघका अध्यक्ष रवीन्द्र ज्याख्वले चार दलीय तानाशाही र वैदेशिक हस्तक्षेपविरूद्ध जनता जाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सभामा नेपाल कानुन अध्ययन समाजका रामप्रसाद प्रजापति र नेक्राविसंघका रोशन मचामसीले पनि बोल्नुभएको थियो ।
कार्यक्रम नेक्रायुसंघका महेन्द्र बखुन्छेंको सभापतित्वमा भएको थियो ।
चार दलको जनविरोधी निर्णयको विरोधमा सोमबार नेक्रायुसंघ र नेक्राविसंघ भक्तपुरको आयोजनामा मध्यपुर थिमिको नगदेशमा जनसभा भएको थियो ।
सभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्व, नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष विक्रम वैद्य, नेक्रायुसंघका केन्द्रीय कोषाध्यक्ष पाण्डव सुवाल र नेक्राविसंघका केन्द्रीय सदस्य राजेन्द्र चवाललगायतले बोल्नुभएको थियो ।
नेक्रायुसंघ भक्तपुरका अध्यक्ष महेन्द्र बखुन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राविसंघका आकास वादे र सिर्जना सैंजूले पनि बोल्नुभएको थियो ।

No comments:
Post a Comment