वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
स्ववियु निर्वाचन र विद्यार्थी संघ
लामो अन्योलतापछि अन्ततः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने करिब पक्का भएको छ । यसअघि २०६५ चैत्र ६ गते निर्वाचन भएको थियो । त्रिभुवन विश्वविद्यालयको स्ववियुसम्बन्धी तत्कालीन विनियममा स्ववियुको कार्यकाल एक वर्षको हुने र आवश्यकता अनुसार ६/६ महिना समयावधी थप्न सकिने प्रावधान थियो । तथापि स्ववियुको निर्वाचन हरेक दुई वर्षमा हुने प्रचलन थियो । तर यो पटक निर्वाचन नभएको चार वर्ष नाघिसकेको छ । २०६७ चैत्रमा हुनुपर्ने निर्वाचन आयोगमा जेठ २३ गते हुन तय गरिएको छ । यसबीचमा अधिकांश निर्वाचित पदाधिकारीहरू सम्बन्धित क्याम्पसका नियमित विद्यार्थी रहेनन्, स्ववियुको वैधानिक कार्यकाल सकिएको छ, सर्वसाधारण विद्यार्थीको नजरमा स्ववियु निष्प्रभावी भएको छ । ऐतिहासिक विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा स्थापित एवं हरेक राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको संस्था स्ववियुको अर्थ र यसको औचित्यबारे क्याम्पसमा अध्ययनरत नयाँ पुस्ता अनभिज्ञ बनेका छन् । प्रतिकृयावादी शक्तिहरू यसै परिस्थितिको फाइदा लिएर स्ववियुको अस्तित्व सामाप्त पार्ने षड्यन्त्रमा जुटेका छन् । हरेक क्याम्पसमा विद्यार्थीहरूबाट निर्वाचित स्ववियुको समानान्तर संस्थाको रुपमा क्याम्पस प्रमुखको अनुकूलतामा मनोनयन गरिने क्याम्पस विद्यार्थी कल्याण समिति गठन गर्ने पहल भइसकेको थियो ।
स्ववियु किन आवश्यक ?
स्ववियु वर्तमान विद्यार्थी आन्दोलनको मात्र उपलब्धि होइन । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थामा जनताका राजनैतिक हक अधिकार कुण्ठित गरिएको विरुद्ध भूमिगत रुपमा क्रियाशील अग्रज विद्यार्थीहरूको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकार हो–स्ववियु । २०३५/०३६ सालको देशव्यापी विद्यार्थी आन्दोलनबाट संस्थागत रुपमा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृति (तत्कालीन महेन्द्र संस्कृत) विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्ववियुको स्थापना भयो । निर्दलीय पञ्चायतको विरोधमा विद्यार्थीमार्फत् जनतालाई सचेत र सङ्गठित पार्ने सशक्त हतियार थियो – स्ववियु । पञ्चायतका भरौटे मण्डलेहरूको गुण्डागर्दी र भौतिक आक्रमणसमेतको प्रतिकार गर्दै पञ्चायती व्यवस्थाप्रति घृणा जगाउने मञ्च थियो स्ववियु । विद्यार्थी आन्दोलनले सल्काएको विद्रोहको ज्वाला देशभरि दन्किएपछि तत्कालीन राजाले २०३७ सालमा जनमत संग्रह गराएको मात्र नभई २०४६ सालको ऐतिहासिक बहुदलीय जनआन्दोलन सफल भएको इतिहास नयाँ पुस्ताले कदापि भुल्न सक्दैन । साथै २०६२/०६३ को जनआन्दोलनको सफलता र गणतन्त्र स्थापनामा विद्यार्थी आन्दोलनको अभिन्न अङ्ग स्ववियु बनेको थियो । शैक्षिक विषयवस्तुमा मात्र नभई जनजीविकाको सवालमा पनि विद्यार्थी आन्दोलनको अथक सहयात्री स्ववियु बन्दै आएको छ ।
यसको अर्थ स्ववियुमा देखिएका विकृति–विसङ्गतिहरूप्रति मौन रहने भन्ने होइन । स्ववियुको नाममा भएका गुण्डागर्दी, आर्थिक अनियमितता र भ्रष्टाचारलाई सामान्य ठान्न मिल्दैन । त्यसैले नै स्ववियुको पुनःसंरचना र निर्वाचन प्रणालीमा हेरफेर गर्नुपर्ने आवाज तड्कारो उठेको हो । स्ववियुलाई विद्यार्थीप्रति जवाफदेही बनाउनुपर्ने, यसको काम, कर्तव्य र अधिकार स्पष्ट किटान गरिनुपर्ने र स्ववियु पदाधिकारीहरूले गलत क्रियाकलाप गरेको ठहरिएमा कानुनी कारबाही गरिनुपर्ने मागसहित विद्यमान विनियममा संशोधन गर्नुपर्ने कुरा उठेको हो । सांगठनिक समानुपातिक निर्वाचन प्रणाली र प्रत्याह्वानको बन्दोबस्त हुनुपर्ने मागसहितको विद्यार्थी आन्दोलन पनि त्यही भएर नै चर्केको हो । गएको चैत्र २३ गते सम्पन्न त्रिवि प्राज्ञसभाले स्ववियुसम्बन्धी विनियममा संशोधन गरी मिश्रित निर्वाचन प्रणाली पारित ग¥यो । स्ववियुको आकार पनि बढाएको छ भने स्ववियुको आर्थिक पारदर्शिताको लागि झीनो प्रयास पनि गरिएको छ । नेक्राविसंघले यसलाई आंशिक सफलता मानेको छ । तर अझै पनि प्रत्यक्ष निर्वाचन प्रणालीले निम्त्याएका विकृतिहरू हटिहाल्ने अवस्था देखिँदैन । गलत र आपराधिक क्रियाकलाप गर्ने स्ववियु पदाधिकारीलाई सम्बन्धित संगठनले प्रत्याह्वान गर्ने वा कानुनी कारबाही गर्ने उल्लेख गरिएको छैन । निर्वाचित स्ववियुलाई नियन्त्रण र सन्तुलन गर्ने प्रावधान राखिएको छैन । तसर्थ स्ववियुलाई मर्यादित एवं विद्यार्थीप्रति जवाफदेही संस्था बनाउन अझै आन्दोलनको जोड्दार धक्का आवश्यक छ ।
स्ववियुसम्बन्धी विनियमका संशोधन गरिएका मुख्य बुँदाहरूः
अघिल्ला स्ववियु निर्वाचनबारे सिद्धान्ततः स्ववियु भिन्न सिद्धान्त र विचारबीच बहस गर्ने थलो हो । विद्यार्थीहरूको चेतनास्तर उकास्दै राजनैतिक, शैक्षिक र जनजीविकासँग सम्बन्धित विषयमा एकीकृत विद्यार्थी आन्दोलन उठाउने मञ्च हो, विद्यार्थी र क्याम्पस प्रशासनबीच पुलको रुपमा रहेर विद्यार्थीका न्यायपूर्ण माग पूरा गराउन दबाब दिने संस्था पनि हो । तर अघिल्ला निर्वाचन र त्यसबाट निर्वाचित स्ववियुका क्रियाकलापलाई नजिकबाट हेर्ने जोकोहीले स्ववियुलाई अराजकता र विकृतिको पोको देख्छन् । स्ववियुको नाउँमा हुने गुण्डागर्दी, ठेक्कापट्टामा कमिशन, क्याम्पस परिसरमा ‘हप्ता’ संकलन, स्ववियु कोषको हिनामिना र आर्थिक अनियमितता, क्याम्पसमा विद्यार्थी भर्ना तथा प्राध्यापक–कर्मचारी नियुक्तिमा हस्तक्षेप, छात्रवृत्ति र निःशुल्कवृत्ति वितरणमा अपारदर्शीता, नक्कली परिचयपत्र वितरण, आदि विकृतिहरू प्रायः स्ववियुको दैनिक कार्यजस्तै बनेका छन् ।
भर्ना प्रक्रियामा स्ववियु पदाधिकारीहरूले विद्यार्थीबाट अनुचित आर्थिक लाभ गर्ने, क्याम्पस प्रमुखलाई प्रभावमा पारेर नियमविपरीतका क्रियाकलाप गर्ने, क्याम्पसका भौतिक सामानहरू तोडफोड गर्ने काम सामान्य बनिसकेका छन् । फरक विचार र विरोधी संगठनलाई निषेध गर्ने तथा गुण्डा र हतियारको प्रयोगबाट भौतिक आक्रमण गर्ने कार्यलाई स्ववियुको क्रियाशीलताको नापो मान्न थालिएको छ । लाखौं रुपैयाँ खर्च गरेर स्ववियु लड्ने र जितेपछि करोडौं रुपैयाँ कमाउने प्रवृित्तलाई स्वभाविक मान्न थालिएको छ । खुकुरी, तरवार, सिक्री, फलामको रड र पिस्तोल पड्किएन भने स्ववियु निर्वाचन खल्लो मान्ने गरेको अवस्था आएको छ । डर, धम्की, अपहरण र झुट्टा आश्वासन दिन नसक्ने उम्मेदवारलाई ‘पाखे’ मान्न थालिएको छ । यिनै कारणले सर्वसाधारण विद्यार्थीहरूमा स्ववियुप्रति नकारात्मक भावना फैलिएको हो ।
अबको निर्वाचनमा पनि यी घटनाहरू दोहोरिंदैनन् भन्न गाह्रो छ किनभने पूँजीवादी विद्यार्थी संगठनहरूको स्वभाव र चरित्रमा कति पनि परिवर्तन आएको छैन । चुनावमा उम्मेदवार बन्न आफ्नै सङ्गठनका नेतालाई गुण्डा लगाएर धम्क्याउने, संगठनको निर्णयविपरीत बागी उम्मेदवार बन्ने र चुनावमा जितेपछि आफ्नै सङ्गठनलाई नटेर्ने प्रवृति अबमात्र किन घट्ला र ? निर्वाचनमा आफू जित्ने क्याम्पसमा धाँधली गर्ने र नजित्ने क्याम्पसमा अनेक वितण्डा मच्चाएर चुनाव भाँड्ने काम हिजो पनि भएको थियो, अब पनि नहोला भन्न सकिन्न ।
अबको निर्वाचनमा नेक्राविसंघको अभिमत
नेक्राविसंघ सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील, देशभक्त एवं समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षशील विद्यार्थीहरूको साझा संगठन हो । शोषित, पीडित एवं कामदार जनताका छोराछोरीहरूको आफ्नो संगठन हो – नेक्राविसंघ । यस संघ जातीय, क्षेत्रीय र भाषिक सङ्कीर्णतामा फसेको छैन, बरु वर्ग संघर्षको मन्त्र जप्दै शोषणविहीन एवं समतामूलक आदर्श समाज स्थापनाका लागि अनवरत लागिपरेको छ ।
नेक्राविसंघ स्ववियु निर्वाचनलाई वर्गसंघर्षको थलो मान्दछ, विचारको लडाइको रुपमा स्वीकार्दछ र समाजवादी प्रचार अभियानको सिलसिला ठान्दछ । यस संघले सर्वसाधराण विद्यार्थीहरूमा पूँजीवादी चरित्र र पूँजीवादी विद्यार्थी संगठनका कुकृत्यको भण्डाफोर गर्दै समाजवादको आवश्यकता बोध गराउने सशक्त मञ्चको रुपमा निर्वाचनलाई उपयोग गर्दछ । सरकारी विश्वविद्यालय एवं सरकारी क्याम्पसलाई समाप्त पारेर निजी एवं विदेशी लगानीका कलेजहरू फस्टाउन दिने र विदेशी शक्तिको दलाली गर्ने युवा पुस्ता तयारीमा जुटेका साम्राज्यवादी शक्ति अनि त्रिविबाट प्रविणता प्रमाणपत्र तह विस्थापनमा हस्ताक्षर गरेर आफूलाई मतियार सावित गरेका कथित ‘ठूला’ विद्यार्थी संगठनहरूविरुद्ध कामदार विद्यार्थीहरूलाई संगठित गर्ने अवसरको रुपमा निर्वाचनलाई यस संघले उपयोग गर्नेछ ।
नेक्राविसंघले अबको स्ववियु निर्वाचनमा उठाउने प्रमुख दुईटा एजेण्डा छन् । पहिलो, वैदेशिक हस्तक्षेपविरुद्धको अभियान र दोस्रो, शिक्षामा नवउदारवादी प्रभावको विरोध । हाम्रो देश सार्वभौमसत्ता सम्पन्न भनिएपनि जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाइरहेका छैनन् । नेपाललाई विभिन्न शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थको केन्द्र बनाएका छन् । भारतीय विस्तारवाद दक्षिण एसियामा दादागिरी देखाउने क्रममा नेपालको राजनैतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा खुला हस्तक्षेप गरिरहेको छ । सीमा अतिक्रमण र नेपाली प्राकृतिक श्रोतमाथि कब्जा भारतीय हस्तक्षेपको अर्को पाटो हो । संरा अमेरिका र युरोपेली संघ युनियनलगायतका साम्राज्यवादी शक्तिहरूले पनि विश्व बैङ्क, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत् हस्तक्षेप गरिरहेका छन् । विदेशीहरूसामू आत्मसमर्पण र दलाली गर्ने शासक दलहरूको प्रवृित्तले देशको हरेक क्षेत्रमा वैदेशिक हस्तक्षेप बढाएको हो । नेपाली दाजुभाइबीच जातीय र क्षेत्रीय साम्प्रदायिकता फैलाएर देशको सार्वभौमिकता कमजोर पार्ने र पाइला–पाइला गर्दै नेपाललाई भुटानीकरण र सिक्किमीकरण गर्ने खतरा बढेको छ । तसर्थ युवा पुस्तालाई यसबारे सचेत गराउँदै देशको सार्वभौमिकता र भू–अखण्डता रक्षाको निम्ति आन्दोलनको मैदानमा उतार्ने एउटा बलियो माध्यम आगामी स्ववियु निर्वाचन हुनेछ ।
त्यस्तै आर्थिक उदारीकरण खुलापनको नाममा सरकार नागरिकलाई शिक्षा प्रदान गर्ने दायित्वबाट पन्छिँदैछ । शिक्षालाई व्यापारिक वस्तुको रुपमा स्वीकार गर्दै सरकारी लगानी कटौती गर्नु र प्रतिस्पर्धाको नाउँमा निजी तथा विदेशी लगानीलाई खुला आमन्त्रण गर्नु शिक्षामा नवउदारवादी प्रभाव हुन् । त्यसैले सरकारी विद्यालय समुदायमा हस्तान्तरण गर्ने निहुँमा निजीकरण गरिँदैछन् । त्रिविबाट प्रवीणता प्रमाणपत्र तह विस्थापित भइसकेको छ । सरकारी विश्वविद्यालय र क्याम्पसहरू अराजकता मच्चाएर समाप्त पारिँदैछन् र त्यसको विकल्पमा निजी तथा विदेशी लगानीका शिक्षण संस्थाहरू च्याउसरी खोलिएका छन् । गरीब जनतालाई शिक्षाबाट वञ्चित गरिँदैछ भने नयाँ पुस्तालाई विदेशीको दलाली गर्ने शक्तिको रुपमा परिणत गरिँदैछ । तर सरकार र जिम्मेवार राजनैतिक दलहरू मौन छन् । अतः देश र जनताप्रति समर्पित यस संघले नेपालको शिक्षा प्रणालीमा नवउदारवादी प्रभावविरुद्ध युवा–विद्यार्थीलाई सचेत पार्नु आफ्नो कर्तव्य ठान्दछ र आगामी स्ववियु निर्वाचनलाई यसविरुद्धको संघर्षको सिलसिला बनाउनेछ ।
यी बाहेक विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुख नियुक्तिमा राजनैतिक दलीय भागवण्डाको यस संघले खहो विरोध गर्दै आएको छ । विश्व बैंकको दबाबको कारण त्रिभुवन विश्वविद्यालयले हतारमा आफ्नो शैक्षिक क्यालेण्डर बनाएको छ तर कार्यान्वयन हुन नसक्दा कागजको खोस्टो सावित भएको छ । क्यालेण्डर वैज्ञानिक नभएकोमा आलोचना पनि उत्तिकै आएका छन् । त्यसैले वैज्ञानिक क्यालेण्डर निर्माण गरी कार्यान्वयनका लागि यस संघले दबाब दिँदै आएको छ । विश्वविद्यालयका पाठ्यक्रमहरू समयानुकूल परिवर्तन गर्न, शिक्षालाई उत्पादन श्रमसँग जोड्न र परीक्षा र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिकीकरण गर्न यस संघले निरन्तर आवाज उठाएको छ । विद्यार्थीहरूले आफ्नो ट्रान्सक्रिप्ट लिन काठमाडौं धाउनुपर्ने र १५ दिन कुर्नुपर्ने, जसले गर्दा विद्यार्थीको समय, पैसा र धैर्यतासमेत गुमाइरहेका छन्, त्यसैले आफूले अध्ययन गरेको क्याम्पसबाटै सहज ढङ्गबाट ट्रान्सक्रिप्ट लिने बन्दोबस्त गराउन यस संघले दबाब दिइरहेको छ । क्याम्पसको भौतिक पूर्वाधार निर्माण र विद्यार्थीका मागबमोजिम इ–लाइब्रेरी, इन्टरनेटको सुविधा, सुविधासम्पन्न पुस्तकालय र प्रयोगशाला, खेलकूदको बन्दोबस्त, आदिका लागि यस संघले जोड दिँदै आएको छ ।
अन्त्यमा,
स्ववियु निर्वाचन संगठनहरूले बाहुबल प्रदर्शन गर्ने थलो नभई विचार र सिद्धान्तको मन्थन गर्ने थलो बनाउन आवश्यक छ । डर, धम्की र प्रलोभनको राजनीतिलाई त्यागेर संगठनको घोषणापत्रको आधारमा विद्यार्थीसँग मत माग्ने वातावरण सिर्जना गरिनुपर्छ । विद्यार्थी उमेरदेखि नै भ्रष्टाचारी उत्पादन गर्ने थलोको रुपमा स्ववियुलाई विकास गरिनु हुन्न । निर्वाचनको क्रममा प्रतिगामी तथा प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउन सक्ने खतराप्रति सचेत हुन जरुरी छ । तसर्थ कसैको दबाब र प्रभावमा नपरी राजनैतिक विद्यार्थी संगठनको सिद्धान्त र कार्यशैलीको अध्ययन गरी सही विचार बोकेको देशभक्त एवं प्रगतिशील विद्यार्थी संगठनलाई मतदान गर्न आह्वान छ । यसको सबैभन्दा उत्तम विकल्प नेक्राविसंघमात्र हो भन्नेमा कसैमा भ्रम रहन हुन्न ।
लेखक नेक्राविसंघका अध्यक्ष हुनुहुन्छ ।

— रविन्द्र ज्याख्व
No comments:
Post a Comment