Friday, May 31, 2013

जेष्ठ नागरिक सम्मान सम्पन्न

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

जेष्ठ नागरिक सम्मान सम्पन्न

    कीर्तिपुर । बृद्ध सेवा समाज कीर्तिपुर, बौद्ध ज्ञानमाला संघ र श्री कीर्ति ज्ञानमाला भजन खलःको संयुक्त आयोजनामा जेठ १० गते शुक्रबार कीर्तिपुर नगर वडा नं. १, २ र ३ का वृद्धवृद्धा जेष्ठ नागरिकहरुलाई सम्मान गरियो । श्री कीर्ति विहार नगर मण्डपको प्राङ्गणमा भएको सो सम्मान कार्यक्रममा श्री कीर्ति ज्ञानमाला भजन खलःका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको थियो भने वृद्ध सेवा समाजका नानी शोभा महर्जन, बौद्ध ज्ञानमाला संघका महन्त महर्जनले पनि बोल्नुभएको थियो ।
    कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप मायाको चिनो बुद्धको मूर्ति उपहार प्रदान गरिएको थियो भने खीर भोजन पनि गराईएको थियो ।

No comments:

Post a Comment