वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)
त्रिविमा तालाबन्दी माथि तालाबन्दी
त्रिवि पीडित कीर्तिपुरवासीलाई रोजगारी दे
त्रिवि सर्वपक्षीय सरोकार समिति र त्रिविवि वीच १५ सुत्रिय माग पुरा गर्न झण्डै अन्तिम विन्दुमा पुगेको छ ।
त्रिवि सरोकार समितिको माग मध्ये कीर्तिपुरलाई रोजगरीको प्राथमिकतामा पार्नुपर्ने विषयलाई लत्याई एकतर्फि निकालेको विज्ञापनबारे त्रिवि सरोकार समितिले १९ गते बिहीबार त्रिविका भिसी र रजिष्टारलाई कीर्तिपुरको एक होटलमा बोलाई समाधानको पहल गरेको थियो । जेठ १७ गतेम्मको समयसीमा रहेको सो विज्ञापन सम्बन्धी त्रिवि सरोकार सर्वपक्षीय समितिले ध्यानाकर्षण गर्दै सरल तरिकाले समाधान गर्न लागि परेको र त्रिविले सरल ढंगले नलिएमा अप्रिय घटना निम्तिन सक्ने चेतावनी पनि दिएको एक सहभागीले सहिदलाई बताउनुभएको छ ।
यसैवीच त्रिवि सेवा आयोगको कार्यालयबाट त्रिवि लगायत आङिगक क्याम्पसमा स्थायी पदपूर्ति गर्ने उद्देश्यले पुनः वैशाख ८ गते सार्वजनिक सूचना प्रकाशित गरेपछि त्रिवि पीडित कीर्तिपुर वासीलाई रोजगारी दिनुपर्ने भन्दै नेवाः स्वायत्त राज्य मंका परिषदले मंगलवार तालाबन्दी गरेका छन् । त्रिविका उपकुलपति, रजिष्टार र रेक्टरको कार्यकक्षमा नेविसंघका विद्यार्थीहरुले गरेको तालाबन्दी माथि फेरि नेवाः स्वायत्त राज्य परिषदले अनिश्चितकालीन तालाबन्दी गरेका छन् भने सेवा आयोगमा पनि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
यस अघि पनि परिषद्ले कर्मचारी पदपूर्तिमा कीर्तिपुरवासीको निश्चित भाग छुट्याउनुपर्ने भन्दै करिब २ महिनासम्म बन्द गराएको थियो ।
त्रिवि सेवा आयोगले महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग (दृष्टियुक्त), पिछडिएको क्षेत्रबाट सिष्टर पदमा ९, सहायक लाइव्रेरियनमा ७, सहायक प्रशासकमा ९, लेखा अधिकृतमा ६, स्टाफ नर्स ५, स्वीच थेरापी सहायक ५, अप्थाल्मिक असिस्टेण्ट ५, असिस्टेण्ट मेडिकल रेकर्डर ५, ल्याव असिष्टेण्ट १०, हेल्थ असिष्टेण्ट १७, लेखापाल ८, भण्डारपाल ४, कम्प्युटर अपरेटर १२, क्लिनिकल असिष्टेण्ट १, सहायक लेखापाल ८, सहायक भण्डारपाल ७, असिष्टेण्ट ५, सहायक कम्प्युटर अपरेटर १२ र अ.हे.व. २ गरी २० वटा पदमा १३९ जना खुला प्रतियोगिताबाट स्थाथी पदपूर्ति गर्न विज्ञापन (३/२०६८/०६९) गरिएको थियो ।

No comments:
Post a Comment