वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)
चक्रपथ सुधार योजना कसको हितमा ?
एमाओवादीको नेतृत्वमा बनेको बाबुराम भट्टराईको सरकारले काठमाडौं सडक चौडा गर्ने कामलाई उपलब्धिको रुपमा पेश गर्यो । तर डेढ दुई वर्षअघि नै सुरु भएको सडक चौडा गर्ने काम कहिले पूरा हुने हो अनुमान गर्न गा¥है छ । काठमाडौंवासी वर्षामा हिलो र सुख्खामा धुलोको मारमा छन् । सडक चौडा गर्नको लागि आधा भत्काइएका घरहरू स–सानो भूकम्पमै भत्किने र धेरै जनधनको क्षति हुने खतरा छ । भारतलगायत देशबाट गाडी आयात बढेको हुँदा सडक चौडा पारिएको नपारिएको फरक भएन । सवारी जाम उस्तै छ । आठ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको सडक चौडा काममा भ्रष्टाचार उत्तिकै भएको चर्चा छ ।
मित्र देश चीनको सहयोगमा काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण हुने चर्चा चलेको थियो । यो चर्चासँगै रियल स्टेटको नाममा भूमाफियाहरू बाहिरी चक्रपथ बन्ने जग्गाको दायाँबायाँ घर जग्गा खरिद बिक्रीमा धेरै दिनदेखि लागे । भूमाफियाहरूको मारमा धेरै सर्वसाधारण जनता परे । जनताको विरोध भएपछि बाहिरी चक्रपथ निर्माण अनिश्चित भयो । अहिले मित्र देश चीनको सहयोगमा काठमाडौंको चक्रपथ सुधार योजना लागू गरिँदै छ । भूमाफियाहरूको केही लाखमा किनेको जग्गाको मूल्य करोड करोड पुग्दैछ । काठमाडौंका रैथाने विस्थापन अझ बढ्नेछ ।
काठमाडौं–उपत्यकालाई सांस्कृतिक र राजनीतिक केन्द्र बनाउनुपर्ने सुझाव संसदमा आइसकेको थियो । तर सरकारमा जानेहरूको दूरदृष्टि यतातिर पुगेन । परिणाम काठमाडौं उपत्यका विनायोजनाको सहर बन्दैछ । फोहरमैलाको व्यवस्थापन छैन । बागमति, विष्णुमति, हनुमन्ते, खासाङखुसुङ फोहर ढलमा परिणत भयो । धुँवा र धुलो प्रदूषण बढ्यो । खानेपानीको हाहाकार छ । हत्या, हिंसा, अपहरण, लूटपाट, चोरी र डकैतीजस्ता अपराध बढ्यो । काठमाडौं अस्तव्यस्त सहर भयो ।

काठमाडौंमा अर्बौं अर्ब बजेट सजिलै खर्च गर्ने सरकारहरूले जिल्ला जिल्ला र खासगरी पश्चिम नेपालमा विकासका कुनै पूर्वाधार तयार गरेनन् । सबै नेपालीलाई काठमाडौंमा थुपारेर जिल्ला जिल्ला विदेशी अपराधी विस्तारवाद र एकाधिकार पूँजीलाई कब्जा गराउने काम सरकारमा गएका दलहरूको साथसाथै कर्मचारीतन्त्र र प्राविधिकतन्त्रले गर्दैछन् । अहिले भारतसँग जोडेका २३ जिल्लामा भारतीयहरू नेपाली नागरिकता लिँदै जग्गा जमिन जोड्दैछन् ।
देशको सन्तुलित विकासको लागि काठमाडौं उपत्यकाबाहिरका जिल्ला जिल्लामा सहर विकास गरिनुपर्दछ । चीनको लगानीमा स्थापित उद्योगहरूलाई जानाजान घाटामा पठाई निजीकरण गर्ने सरकारहरू अहिले चिनियाँ लगानीमा चक्रपथ सुधार वा चौडा पार्दैछन् । चक्रपथ चौडा भएलगत्तै भारतीय गाडीको आयात बढ्ने छ । अहिले भारतबाट वर्षको ९१ अर्बको तेल आयात भइरहेको छ भने छिट्टै १ खर्ब रुपैयाँ पुग्नेछ । भूमाफियाहरूलाई फाइदा हुनेछ । यसरी काठमाडौंको सडक र चक्रपथ सुधार गर्ने कामले भारतीय एकाधिकार पूँजीलाई फाइदा पु¥याउने स्पष्ट छ । चोरलाई चौतारो बन्ने अवस्था छ ।
भारतीय काँग्रेस (आई) को सम्पर्क कार्यालय काठमाडौंमा खुलिसक्यो । काँग्रेस (आई) भारत सरकारको नेतृत्व गरेको–पार्टी भएको हुँदा काठमाडौंमा सम्पर्क कार्यालय खुलेको सरासर भारतीय हस्तक्षेप हो । मित्र देशको सरकारको राजदूतावास खोल्नु कूटनीतिक सम्बन्ध विस्तारमा सहयोगी हुने अपेक्षा गरिन्छ । तर भारतीय काँग्रेस (आई) पार्टीले काठमाडौंमा सम्पर्क कार्यालय खोलेको सामान्य विषय होइन । यसरी नेपाल सरकारले चिनियाँ सरकार, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापान, रुस, अमेरिका, आदि देशका राजनैतिक दलहरुको कार्यालयहरु खोल्न निमन्त्रणा गर्ने योजना किन बनाउँदै छ, प्रस्ट छैन ।

No comments:
Post a Comment