Friday, June 28, 2013

मानवकाबु भन्दा प्रकृति बाहिर ?

वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)

मानवकाबु भन्दा प्रकृति बाहिर ?

    नेपाल प्राकृतिक सुन्दरताको अनुपम नमूना उदाहरण भएको देश हो । प्रकृतिले मानवलाई बाँच्न र नाँच्न सिकाउँदछ । प्रकृतिबिना मानव जीवनको कल्पना पनि गर्ने सकिदैन । प्रकृतिमा मानव धेरै भएपछि प्रकृति आफैले बिनासको बाटो रोज्ने गर्दछ । मानवले आकाश छोए पनि , चन्द्रमा बस्ती बसालेपनि आखिर प्राकृतिक विपतिलाई किन रोकथाम गर्ने सकेको छैन । शक्तिशाली राष्ट्रहरुमा समेत बाढी पहिरो, सुनामीले मानव जीवनलाई तहसनहस पारिरहेका उदाहरण प्रशस्त रहेका छन् । सुन्दरता प्राकृतिक विषयवस्तु हो । त्यस कारण अहिले प्राकृतिक सुन्दरतालाई जीवन्त राख्न मानवले अथक प्रयास गरिरहेको छ । बनजंगल विनास, बाढी पहिरो हावाहुरीले मानवलाई त्राहिमाम पारिरहेका छन् ।अहिले दार्चुला, डडेल्धुरालगायतका क्षेत्रमा शहरीबस्ती नै बगरमा परिणत भएको छ । आखिर यस्तो क्षति बर्षेनी किन भैरहेको छ । नदी नियन्त्रण के राज्यले गर्ने सक्दैन । प्रश्न भित्रै प्रश्न उब्जिरहेका छन् । तथापि गया काशीमा गएका तीर्थयात्रुलाई गंगा र यमुना नदीले बगाएको छ । भगवान दर्शन गर्ने गएकाहरुले मोक्ष प्राप्त गरेका छन् । यी सबै मानवीय काबुका कुरामात्र हुन् ।
    मानवको काबु भन्दा बाहिर प्रकृति रहेको छ । मानवले खोलानाला, डाँडाखोल्सामा अव्यवस्थित बस्ती नियन्त्रण गर्ने जस्ता प्रयास गर्ने सकियो भने पनि केहिहदसम्म रोकथाम हुन सक्दछ । नत्र प्रकृति आफैले थेग्न नसक्ने भएपछि आफै विनाशको बाटो रोज्ने गर्दछिन् । यादेवी सर्वेभूतेषु प्रकृतिरुपेण संस्थिता नमतस्यै, नमतस्यै नमोनम हो । सम्पूर्ण प्राणीहरु प्रकृतिभन्दा बाहिर जान सकिँदैन । त्यसैले प्रकृतिको संरक्षण र सम्वर्धन गर्नु मानव सबैको कर्तव्य हो । आखिर मानव प्रकृतिलाई आफूदोषलाई प्रकृतिमा आफै  मिल्न सक्दछ । यो कुरा बुझन जरुरुी छ ।
(लेखकः हाल एमफिल त्रिवि कीर्तिपुर)
— टंक प्रसाद गैह्रे
थुमपोखरा २, स्याङ्गजा

No comments:

Post a Comment