वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)
नेपाल र चीनबीच महत्वपूर्ण सहमतिमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनबीच महत्वपूर्ण तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा चुनावको लागि चीनले दिने प्राविधिक सहयोग, दुईपक्षीय आर्थिक साझेदारी र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिअनुसार चीनले संविधानसभा चुनाव र विभिन्न विकास निर्माणमा नेपाललाई झण्डै ४ अर्ब रुपैयाँ सहयोग गर्नेछ । चीन सरकारले नेपाललाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणका निम्ति तीन अर्ब ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
त्यसैगरी, संविधानसभाको निर्वाचनका लागि १५ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको भौतिक एवम् कार्यालय सामग्री प्रदान गर्न पनि चीन सरकार सहमत भएको छ । सहमतिपत्रमा नेपालको तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री जियाङ योपिङले हस्ताक्षर गर्नुभएको छ ।
यसैबीच मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र चिनियाँ स्टेट काउन्सिलर जेइचीबीच आपसी सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था र चुनावी तयारीबारे छलफल भएको छ । छलफलमा रेग्मीले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको भन्दै नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आर्थिक र सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको भन्दै यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जवाफमा चिनियाँ स्टेट काउन्सिलर जेइचीले नेपालको आर्थिक, सामाजिक विकासमा साझेदारी निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ ।

No comments:
Post a Comment