Friday, June 7, 2013

पाँगाको नासः द्यो को ४ बर्ष !

वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)

पाँगाको नासः द्यो को ४ बर्ष !

    कीनपा वडा नं. १० स्थित पाँगाको मध्यभागमा रहेको पाँगावासीको नासःद्यो पुनःनिर्माण भएको  चार बर्षमै विग्रिन थालेको छ । पहिलो तलाको दवुतिर झ्याल दलिनले थाम्न नसकेपछि भाँसिएको छ भने जसले गर्दा दोस्रो तलामा टायलको छाना खाल्डो परिसक्यो । तेस्रो तलामा पानी परेपछि चुहेर प्लाष्टिकको सहायताले बाल्टिनमा पानी भर्नुपर्ने अवस्था भैसकेको छ ।
    नेकपा माओवादी अध्यक्ष एवं क्षेत्र नं. १० का सभासद् पुष्पकमल दाहाल उर्फ प्रचण्डद्वारा उद्घाटन गरिएको सो भवन बनाउन पाँगावासीको धेरै योगदान थियो ।
    जगसमेत उत्खनन गरी पौराणिक परम्परागत मौलिक ढाँचाको डाँछी ईंट्टाले बनाएको सो भवन पुनःनिर्माणको हिसाव समेत सार्वजनिक गरिएको छैन । स्मरणीय छ, सो भवनमा अनुमानित लागत  विभिन्न दातृ निकायबाट १७ लाख र अर्थ मन्त्रालयबाट वृद्ध क्लवको लागि १५ लाख उपलब्ध गरेको थियो ।
नासःद्यो भवनको पहिलो तल्लामा दलिन भाँसिएको
भवनको दोस्रो तल्लामा टायल भाँसिएको (सेतो घेरा)
भवनको चौथौं तल्लाको भित्र कोठामा पानी चुहिएर प्लाष्टिकबाट बाल्टिन थाप्दै ।

No comments:

Post a Comment