वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)
कीर्तिपुरमा स्वीकृत इलाकागत आयोजना
कीर्तिपुर नगरपालिकालाई दुई इलाका क्षेत्रमा विभाजित गरिएको छ । १७ वटा वडा इलाका नं. १३ मा र १४ र १५ दुई वडामात्र इलाइका नं १५ मा पर्दछ ।
आ.व. २०६९/०७० मा विभिन्न लागत स्रोतबाट सिफारिस भएबमोजिम जिविस काठमाडौंले इलाका नं. १३ को लागि ८ करोड ७६ लाख र इलाका १५ को लागि २ लाख ९० हजार बजेट विनियोजन गरिएको छ ।
जिविस काठमाडौं योजना शाखाका अनुसार मच्छेगाउँ मातातीर्थमा थानकोट महादेवस्थान, मातातीर्थ मच्छेगाउँ सडकको लागि १४ लाख, मच्छेगाउँ आयोजना स्थलमा मुल सडक कालोपत्रको लागि १० लाख मच्छेगाउँ त्वाखाःचा भाटेपोखरी रातोमाटे सडक १० लाख, त्यसैगरी तीनथाना/मच्छेगाउँमा तीन थाना विष्णुदेवी मच्छेगाउँ सडक ५ लाख छुट्याइएको छ ।
कीर्तिपुर नपामा सतुंगल विष्णुदेवी मुलखुसी राराहिल, टौदह सडकमा २ लाख ३० हजार, कीनपा २ राजकुलो स्वर्गद्वारी टोलदेखि नेपालभाषा एकेडेमी जोड्ने सडक ५ लाख कीर्तिपुरस्थित विश्व राष्ट्रिय मावि, बाघभैरव माविलाई १/१ लाख, पाँगा माविलाई २ लाख, जनसेवा उमाविलाई ८० हजार, कीर्तिपुर १६ नगाउँ ढल निर्माणमा ६ लाख, कीनपा ११ कमलपोखरी (दन) १० लाख, कीनपा पाँगामा पाँगा पर्यटन पूर्वाधार विकास २ लाख, पाँगा सामुदायिक भवन निर्माण दिउखेल देवाली खेल ५ लाख, कीनपा ८ जालपादेवी मन्दिर मर्मत १ लाख, बुद्ध मन्दिर जिणोद्वार ५० हजार र कामपा १२ टेकु हेमेटेश्वर गुठीका कम्पाउण्ड निर्माणमा २ लाख छुट्याइएको छ ।
त्यसैगरी इलाका नं. १५ मा आदिमाथि चोभारलाई ९० हजार र चोभार मञ्जूश्री पार्कको लागि २ लाख छुट्याइएको छ ।

No comments:
Post a Comment