Friday, June 28, 2013

धर्मको अर्थ नबुझ्नाले धर्म विनाश हुनसक्छ

वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)

धर्मको अर्थ नबुझ्नाले धर्म विनाश हुनसक्छ

    मानिस किन ढुङ्गाको मूर्तिलाई भगवान मानेर पूजा गर्छन् ? किन लाखौं खर्चेर धेरै टाढा तीर्थ यात्रा जान्छन् ? किन भगवान प्रति मात्र विश्वास राख्छन् ? यो कुरा धेरै गम्भीर छ । यदि भगवान देख्नु छ भने सबैलाई सम्मान सम्झनुस् । जो मासिको मनमा कुनै किसिमको दुराचारीको दाग छैन भने त्यसको हृदयमा ईश्वरको बास हुन्छ ।
    मानिसहरु लाखौं खर्च गरी धेरै टाढा गएर धर्म प्राप्त गर्नुभन्दा आफ्नो अन्तरआत्माको विकास गरी दुःखी जीवन बिताई रहेका गरीवलाई केही सहयोग गर्नु, आफूलाई जन्माउने आमाबुबाको सेवा गर्नु नै धर्म हो । धर्मकर्ममा चाहिनेभन्दा लाखौं खर्च गर्ने व्यक्तिलाई केही दिन अधि पवित्र मान्ने चारधाम मध्ये बद्रीनाथ केदारनाथ र ऋषिकेश मन्दिरमा बाढी पहिरोले हजारौं हिन्दु धर्मालम्बीहरुको मृत्यु र बेपत्ता भएका समाचारले पक्कै पनि सबै नेपालीलाई दिक्क बनायो होला ।
    भारतको प्रसिद्ध धाममा आफ्नो पाप मोक्ष गराउन नेपालबाट पनि बर्षेनी हजारौं हिन्दु धर्मालम्बीहरु जाने गर्छन् । त्यहाँका दैवी दुर्घटनाले मानिसको मनमा अब संसारमा भगवान छन् भनेर विश्वास गर्न गा¥हो पर्न सक्छ । यदि भगवान भए त यति ठूलो विपत्ति आउँदा कमसेकम अरुलाई जे भएपनि आफ्नो मन्दिरमा आउने आफ्ना भक्तलाई त्यसबाट बच्न समयमै सूचित गर्नुपर्ने होइन र ? भगवान नै छैन भन्न खोजेको चाहिँ होइन, मानिसमा सदाचारी कमी हुँदै गएमा छन् भन्न खोजेको मात्र हो ।
    अर्काको प्रगतिमा रिस नगर्ने, कसैको सम्पत्तिमा लोभ नगर्ने, कसैको सम्पत्तिमा लोभ नगर्ने शुद्ध भावना र त्यस अनुसार व्यवहारमा गर्न सक्ने सदाचारी व्यक्तिको घर–घरमा भगवानको बास हुन्छ ।
    यहाँ एउटै आमाबुबाले जन्माएका दाजुले भाइ चिन्दैन, भाइले दाजु चिन्दैन । उनीहरु आफ्ना आमाबुबाले नाम लिने, भाइले सके सबै आफ्नो नाम लिने, भाइले सके सबै आफ्नो नाम लिने खोज्छन् । कतिपय यतिले नपुगेर सार्वजनिक जग्गा, ऐतिहासिक पातीपौवा समेत आफ्नो कब्जामा लिएर घर बनाईएका उदाहरण धेरै छन् । अब सोच्नुस्, यस्तो व्यक्तिहरु धेरै टाढा लाखौं खर्चेर तीर्थस्थलमा गएर धर्म कमाउन गएका हुन कि पाप पखाल्न गएका हुन् ?
    भनिन्छ– जसरी फलाममा लागेका खियाले फलामलाई नै खान्छ त्यसरी नै सदाचारको उल्लंघन गर्ने व्यक्तिलाई आफ्नो कर्मले कुनै दिन आफैलाई दुर्गतिमा पु¥याउन सक्छ । त्यस्तै सदाचारको पालना नगर्ने व्यक्तिको लाख उपदेशबाट पनि कुनै फल प्राप्त हुँदैन । तर एउटा सदाचारी व्यक्तिको नबोलिकन नै हजारौंलाई सधार्न सक्दछ । त्यसैले भन्ने गर्छन्– ‘दुराचारी भएर १०० वर्ष बाँच्नु भन्दा सदाचारी बनेर १ दिन बाँच्नु वेश हुन्छ ।
— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ

No comments:

Post a Comment