Friday, June 28, 2013

एनटिभी पाँच वर्षभित्र डिजिटल प्रविधिमा

वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)

एनटिभी पाँच वर्षभित्र डिजिटल प्रविधिमा

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजन (एनटिभी)लाई पाँच वर्षभित्र पूर्णरूपले डिजिटल प्रविधिमा लैजान प्राथमिकता दिएर कार्यक्रम अघि सारेको छ । मन्त्रालयले एनटिभीलाई एनालग प्रविधिबाट डिजिटलमा रूपान्तरण गर्ने प्रयोजनका लागि आगामी आर्थिक वर्षमा पर्याप्त रकम विनियोजन गर्नेगरी कार्यक्रम अघि बढाएको हो ।
    आगामी वर्षको बजेटमा एक मन्त्रालय एक कार्यक्रम अन्तर्गत एनटिभीलाई डिजिटल प्रविधिमा लैजाने कार्यव्रmमलाई प्राथमिकतामा राखिएको मन्त्रालयका प्रशासन प्रमुख सुशील ओझाले बताए । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) को व्यवस्थाअनुसार पनि एनटिभी सन् २०१७ सम्म डिजिटल प्रविधिमा रूपान्तरण भइसक्नुपर्ने छ ।
    युरोपेली मापदण्डअनुसार एनटिभीलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न पाँच वर्षमा करिब ८१ करोड रुपैयाँ लागत लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । एनटिभीलाई डिजिटलमा लग्न सरकारले २०११ मा सहमति जनाए पनि साढे दुई वर्षपछि मात्र काम अघि बढाउन लागेको हो ।
अहिले एनटिभी ‘टेरेस्टोरियल’ र ‘स्याटेलाइट’ दुवै प्रविधिबाट सञ्चालन हुँदै आएको छ । मुलुकभर एनटिभीका १९ र एनटिभी प्लसका पाँच गरी २४ वटा ट्रन्समिटर छन् । प्रविधि रूपान्तरणपछि ट्रान्समिटर, प्रोडक्सनलगायत स्टुडियोको सम्पूर्ण काम डिजिटल प्रविधिमा हुनेछ ।
    एनालग प्रविधिमा भन्दा डिजिटलमा कम फ्रिक्वेन्सीमा धेरै सेवा दिन सकिने महाप्रबन्धक हुमागाईले बताए । उनका अनुसार डिजिटल प्रविधिमा गइसकेपछि टेलिभिजनले हाल उपयोग गरेको फ्रिक्वेन्सीमा दुईभन्दा बढी टेलिभिजन चलाउन सकिन्छ ।

No comments:

Post a Comment