वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)
मिडिया कपः उपाधि विजेता ईमेज च्यानललाई
काठमाडौं । छैटौं भर्जिन मिडिया कप फुटबल प्रतियोगिताको उपाधि ईमेज च्यानलले जितेको छ । राजधानीको दशरथ रंगशालामा शनिवार भएको फाइनल भिडन्तमा नेपाल टेलिभिजनलाई ६–१ को फराकिलो अन्तरले हराउँदै ईमेज च्यानलले उपाधि जितेको हो । ईमेजलाई आधा दर्जन गोल दिलाउने क्रममा सम्बन्ध प्रधान र माधव भण्डारीले २–२ तथा पुजन श्रेष्ठ र सुनील ताम्रकारले १–१ गोल गरे ।
खेलमा साविक विजेता नेपाल टेलिभिजन फितलो देखिएको थियो । ईमेजले प्रिक्वार्टरफाइनलमा अन्नपूर्ण पोष्टलाई ४–१ ले, क्वार्टरफाइनलमा फोटो जर्नालिष्ट पिजे क्लवलाई २–१ ले तथा सेमिफाइनलमा तराई टेलिभिजनलाई ५–१ ले हराएको थियो ।
यससँगै ईमेज च्यानलले दोस्रो उपाधि जितेको छ । प्रतियोगिताको चौंथो संस्करणमा पनि ईमेज च्यानलले फाइनलमा एनटिभीलाई नै हराउँदै उपाधि जितेको थियो । मिडिया कपको छैटौं संस्करणसम्म आउँदा एनटिभीले तीन पटक उपाधि जितिसकेको छ ।
यसपटक उपाधि जितेसँगै ईमेज च्यानलले ट्रफीसहित ५० हजार रुपैयाँ हात पारेका छन् भने उपविजेता एनटिभीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीमा ईमेज च्यानलका सम्बन्ध प्रधान चुनिएका छन् । उनी गतवर्ष पनि सर्वोत्कृष्ट खेलाडी भएका थिए ।
प्रतियोगितामा ६ गोल गरेका ईमेजका पुजन श्रेष्ठ सर्वाधिक गोलकर्ता, एनटिभीका सञ्जीव सिल्पकार सर्वोत्कृष्ट गोलकिपर भएका छन् । तीनै जनाले जनही पाँच हजार पुरस्कार पाएका छन् । १७ सञ्चार गृहले सहभागिता जनाएको प्रतियोगिताको फेयर प्लेको उपाधि रेडियो नेपालले जितेको छ ।

No comments:
Post a Comment