Friday, June 28, 2013

सुकृति र स्यान्तो सोफेस टीटी च्याम्पियन

वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)

सुकृति र स्यान्तो सोफेस टीटी च्याम्पियन

    शारीरिक शिक्षा तथा खेलकुद समाजद्वारा आयोजित दोस्रो खुल्ला टेवुलटेनिस प्रतियोगितामा छात्रातर्फ बुटवल इलाइट स्कुलकी सुकृति श्रेष्ठ प्रथम भएका छन् भने छात्रतर्फ नोवेल एकेडेमीका छात्र स्यान्तो श्रेष्ठ प्रथम भइ मेडल सहित नगद रु. १०÷१० हजार हात पार्न सफल भएका छन् ।
    आइतबार भएको फाइनल खेलमा छात्रा सुकृतिले नियोलोजिन भक्तपुरकी सोनु थापा मगरलाई ६–,११, ६–११, ११–५, ११–९, ११–५ र ११–९ ले पराजित गरी प्रथम भएकी थिइन् । द्वितीय हुने सोनु थापा मगरले ५ हजार र ट्रफी र तृतीय हुने इभा राउत र रेनुका राना मगरले २/२ हजार प्राप्त गरिन् ।
    त्यसैगरी छात्र तर्फको फाइनल खेलमा नोवेल एकेडेमीका छात्रा स्यान्तो श्रेष्ठले बुटवल इलाइटका युवराज पुनलाई ११–८, ११–८, १३–११ र ११–५ ले पराजित गरी उपाधि जितेका छन् ।
    युवराज पुनले ५ हजार नगर सहित मेडल र छात्रतर्फ तृतीय हुनेहरुमा भावुक जोशी (एभिएम) र नारायण धिमिरे (एभरेष्ट बुटवल) ले २–२ हजार हात पारे ।
    विजयी खेलाडीहरुलाई प्रमुख अतिथि आयोजक संस्थाका सल्लाहकार प्रा. पृथु चरण वैद्य, संस्थापक अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जन, नेपाल टेवुलटेनिस फेडेरेशनका चतरानन्द राज वैद्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।
    त्यसक्रममा प्रा.डा. बालकृष्ण मान सुवाललाई प्रमुख अतिथि वैद्यले शारीरिक शिक्षा र खेलकुद समाजमा गर्नुभएको योगदान स्वरुप सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि वैद्यले शारीरिक शिक्षा शिक्षाको एउटा विशेष महत्व गरेको बताउँदै सोफेरसको यो प्रतियोगिताको निरन्तरताको लागि सराहनीय व्यक्त गर्नुभयो । वहाँले विद्यालयमा शारीरिक शिक्षा विषयमा प्याकेज शिक्षा दिनुपर्ने बताउनु भयो । साथै राखेपले शारीरिक शिक्षाको तालिम अब दिन ठालेपनि मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा प्रा.डा. बालकृष्ण सुवाल, सल्लाहकार माधवलाल महर्जन, सदस्य नन्दकुमारी महर्जन, सदस्य प्रा.डा. रामकृष्ण महर्जन, विजयी खेलाडी सुकृति श्रेष्ठ, स्यान्तो श्रेष्ठ, प्रज्ञा महर्जनलगायतले बोल्नुभएको थियो ।
    कार्यक्रम आयोजक संस्थाका अध्यक्ष प्रा. शान्त बहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो ।

No comments:

Post a Comment