वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)
आदिनाथ मन्दिर जिर्णोद्वारको पर्खाइमा !
कीर्तिपुर । चोभार स्थित आदिनाथ, लोकेश्वर मन्दिरको भित्री भाग जिर्ण बन्दै गइरहेकोले छिटो भन्दा छिटो जिर्णोद्वार गर्नुपर्ने भएको छ । छत्रपाल महाविहार, आदिनाथ लोकेश्वर ब्यवस्थापन समिति, र स्थानीय समाजसेवीहरुको जेठ २५ गते बसेको वैठकले विस्तृत परियोजना रिपोट ९म्एच्० तयार पार्ने वारे छलफल भएपश्चात असाढ १ गते शनिवार पुरातत्व विभागका कालिगढ एवं काठ सम्बन्धी विशेषज्ञ कविर बज्राचार्य, प्राविधिक शोभा महर्जन, स्थानीय जनताले आदिनाथ मन्दिरको सवै भागको अवलोकन गर्नुको साथै नापजाँच गरेका छन् ।
पुरातत्व विभागका बज्राचार्यका अनुसार मन्दिरभित्र दलिन काठ मक्कि सकेको, भित्र केहीभाग विग्रिसकेको, पानी चुहीएको अवस्था रहेकोले चाँडो भन्दा चाँडो मर्मत सम्भार गरी जिर्णोद्वार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।
वहाँले भाजगाँलको विष्णुदवी मन्दिर, नुवाकोट, पाल्पा, दोलखा, ललितपुर काठमाडौं लगायत धेरै मठ–मन्दिरको निरिक्षण गरिसक्नु भएका छन् । वहाँ ५० सालदेखि पुरातत्व विभागमा कार्यरत एक अनुभवी कालिगढ हुनुहुन्छ ।
जिर्णोद्वारको लागि निरिक्षणमा खटिनु भएका पुरातत्व विभागका प्राविधिक शोभा महर्जनले आज निरिक्षण गरेर हामीले प्रारम्भिक नक्सा कोरेका छौं । कार्यलयमा बसेर हामीले विस्तृत रिर्पोट (DPR) तयार गर्नेछौं । सकेसम्म छिटो लागत इष्टिमेट तयार गर्ने हाम्रो प्रायास हुने छ ।
के कति कारणले यो निरिक्षण भएको भन्ने वारे स्थानीय जनताको निवेदन परेपछि यसको निरिक्षण गर्न हामीलाई खताएको महर्जनले भन्नुहुन्छ ।
स्थानीय एक गुठियार इन्द्र बहदुर शाक्यले आदिनाथ मन्दिरको संरक्षण र मर्मत गर्ने कार्य हुन लागेकोमा खुशी ब्यक्त गर्दै सवैको सहभागिता र सहयोगले यो कार्य सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।
ऐतिहासिक, धार्मिक, पुरातात्विक रुपले महत्वपूर्ण रहेको आदिनाथ मन्दिरको यो जिर्णोद्वारले मौलिकतालाई कायम गर्दै संरक्षण र सम्वद्र्धन गर्न पुरातत्व विभाग, स्थानीय गुठीयार र जनताहरुको जागरुकता जागेमा छिटो जिर्णोद्वार हुने आशा गर्न सकिन्छ ।

No comments:
Post a Comment