Saturday, June 22, 2013

माइक्रो प्राविधिक कक्षा सुरु

वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)

माइक्रो प्राविधिक कक्षा सुरु

    कीर्तिपुर  । कीर्तिपुरमा पहिलो प्राविधिक इन्स्टिच्यूट माइक्रो ईन्जिनियरिङ्ग इन्स्टिच्यूट प्रा.लि.ले असार २ गतेबाट कक्षा सुरु गरेको छ ।
    प्लम्बर, इलेक्ट्रिसियन, वायर वेल्डिङ्गको कक्षा सुरु लगत्तै एयरकण्डिशन र डकर्मीको पनि नयाँ भर्ना शुरु गरेको छ ।
    यो प्राविधिक इस्टिच्यूटले कीर्तिपुर क्षेत्रमा साथै काठमाडौं दक्षिण भेगका आत्मनिर्भर बन्न चाहने जनताको लागि महत्वपूर्ण हुने संस्थाका प्रिन्सिपल अरुण डंगोल बताउनुहुन्छ ।
    स्वदेश तथा विदेशमा रोजगार तथा आफ्नै खुट्टामा उभिन सक्ने दक्ष नागरिक बनाउने उद्देश्यका साथ स्थापित यस संस्थामा हाल बिहानी कक्षा सुरु भएको छ ।

No comments:

Post a Comment